वीर अस्पताल निर्देशकको मासिक खाजा खर्च पाँच लाख !

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँ बराबरको खाजा खाएको बिल पेस गरेका छन् । ०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्। अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ। स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँ बराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन् । पाँच लाख…

पुरा पढ्नुहोस

कृष्णबहादुर महरा र ज्ञानेन्द्र शाहीको घटनाले दिएको सन्देश

पछिल्लो साता नेपालमा दुई ठूला घटना भए : एउटा ज्ञानेन्द्र शाही पिटिनु र अर्को कृष्णबहादुर महराबाट महिलामाथि करणीको आरोप लाग्नु । दुबै घटना अपाच्य र निन्दनीय छन् । देशको ऐन नियम बनाउने निकायका प्रमुख व्यक्ति सभामुख कृष्णबहादुर महराले असोज १२ गते आइतबार साँझ रक्सीको नसामा बानेश्वरमा एक महिलामाथि जर्वजस्ती करणी गरेको भनेर ती महिला मिडिया सामु आइन् । महराले उनीमाथि कुटपिटसमेत गरेको भनेर उनले नीलडाम देखाउँदा पनि महरामाथि कानूनी कारवाही भएको छैन । यदि ती महिलाले देशको संवैधानिक निकायका व्यक्तिमाथि विनाप्रमाण झूठो आरोप लगाएकी हुन् भने उनीमाथि पनि किन कार्वाही…

पुरा पढ्नुहोस

यि हुन् विदेशीले सजिलोसंग पाउने क्रेडिट कार्ड

जापानमा अन्य राष्ट्रमा जस्तो क्रेडिट कार्डलाई प्राथमिकता दिएको त्यति पाइँदैन । यसको वास्तविक कारण त्यति पत्ता नलागे पनि क्रेडिट कार्ड कम्पनीहरुले जापानीहरुलाई यसको प्रयोग गर्न प्रेरित गर्नका लागि विभिन्न स्किम र आइडिया भने ल्याएका हुन्छन् । जापानमा विदेशीले पनि आवेदन दिन पाउने केही क्रेडिट कार्डहरु जारी गरिएका छन् । केही त कम्पनीले स्विकृत गरेको खण्डमा आवेदन दिएकै दिन तपाइले कार्ड पाउन सक्नुहुन्छ । आवेदन दिने सहि तरिकाको जानकारीका अभावका कारण जापानमा विदेशीले क्रेडिट कार्ड वा सहि क्रेडिट कार्ड पाउन सजिलो भने छैन । कार्ड पाउने नपाउने कुरा तपाइको जापान बसाइमा…

पुरा पढ्नुहोस

आज नवरात्रिको छैटौं दिन, शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिदै

आश्विन नवरात्रको छैटौँ दिन सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७६ आश्विन १६ गते बिहीबार

वि.सं. २०७६ आश्विन १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने दिन, उपांग ललिता व्रत, पचली भैरव यात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण, आश्विन शुक्लपक्ष (कौलाथ्व) पञ्चमी तिथि, दिउँसो ०३:१२ बजेसम्म, त्यसपछि षष्ठी तिथि, अनुराधा नक्षत्र, साँझ ०५:५३ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), प्रीति योग, बिहान ०९:१० बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा बालब करण दिउँसो ०३:१२ बजेसम्म,…

पुरा पढ्नुहोस

हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र २ हजार ८ सय ९१ सामान्य क्षतिग्रस्त छन् । नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर…

पुरा पढ्नुहोस

महरा प्रकरण : बचाउ गर्दै पीडित महिला आफैले प्रहरीमा निवेदन दर्ता गराइन् !

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका कृष्णबहादुर महराको बचाउ गर्दै पीडित महिला आफैले प्रहरीमा निवेदन दर्ता गराएकी छन् । एक उच्च श्रोतका अनुसार महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवर्तमान सभामुख महराको बचाउ गर्दै निवेदन दर्ता गराएकी हुन् । निवेदनमा आफू ‘डिप्रेशनको बिरामी’ भएकी र मानसिक समस्याका कारण आफूले के–के गरेको भन्नेसमेत थाहा नभएको भनि निवेदन पेश गरिएको स्रोतको दाबी छ । पीडित महिलाले महरामाथि लागेको आरोप झुटो भएको समेत दाबी गरेकी छन् । प्रहरीमा दिइएको निवेदन अनुसार आफू बिरामी भएकी कारण मिडियामा आएका समाचारप्रति कुनै सत्यता नरहेको समेत जनाइएको छ ।…

पुरा पढ्नुहोस