खसीबोकाको मासु प्रतिकेजी ५५० रुपैयाँ निर्धारण

काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ। कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ। उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए। कम्पनीले आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालयबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो।…

पुरा पढ्नुहोस

खुलमखुला ठगी : टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री

दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ । चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् । टिकट काउन्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ…

पुरा पढ्नुहोस

दुबई बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुग्यो

यूएई – यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ । ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक…

पुरा पढ्नुहोस

कहाँ चुक्यो ‘रातो टीका निधारमा’ ? विषयवस्तु बलियो तर कमजोर पटकथा र प्रस्तुती

कुनै जमाना एकसेएक हिट फिल्म दिएका भेट्रान निर्देशित अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ शुक्रबारबाट देशैभर प्रदर्शनरत छ । फिल्म ‘अल्लारे’ को गीतको शिर्षक सापटी लिएर बनाइएको यो फिल्मबाट उनले आफ्नो छोरा अंकितलाई अभिनयमा डेब्यू गराएका छन् । फिल्ममा अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रिय भूमिकामा छिन् । अंकितसँग उनको जोडी बाँधिएको छ । वर्तमान समयको बलियो विषयवस्तु समेटेर सन्देशमुलक ढंगले निर्देशक शर्माले फिल्मको निर्माण गरेका छन् । तर, कमजोर पटकथा र प्रस्तुतीले फिल्म गतिलो बन्नबाट चुकेको छ । हँसाउनकै खातिर झिँजो लाग्ने संवाद थोपरिएको छ ।…

पुरा पढ्नुहोस

मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलनमा

चितवन, चितवन मेडिकल कलेजका विद्यार्थीहरु फेरी आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको भन्दा बढी लिएको शुल्क असोज १० गते भित्र फिर्ता गर्ने गरी प्रतिवेदन तयार पार्ने सहमति भएको थियो । सोही सहमती पालना नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विद्यार्थीहरुबाट लिएको रकमको पुरै विवरण नदिएको भन्दै विद्यार्थीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । सोमबार विद्यार्थीहरुले चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका छन् ।

पुरा पढ्नुहोस

धुलिखेल सामुदायिक अस्पताल र सामुदायिक अस्पताल चापाकोट बिच सह्कार्य

धुलिखेल सामुदायिक अस्पताल काभ्रे र गण्डकी ग्रामीण सामुदायिक अस्पताल चापाकोट स्याङ्जा विच सहकार्य हुने पक्का भएको छ।हिजो गण्डकी ग्रामिण सामुदायिक अस्पताल चापाकोटमा आयोजित एक कार्यक्रममा दुबै अस्पतालका प्रतिनिधि विचको छलफल पछी यो जानकारी गराईएको हो । कार्यक्रमका प्रमुख अतिथी रहनु भएका धुलिखेल अस्पतालका डक्टर बिराज कर्मचार्यले धुलिखेल अस्पताल नेपालका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक अस्पतालहरु सँग सहकार्य गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेकाले यस क्रममा गण्डकी ग्रामीण अस्पताल चापाकोट सँगको सहकार्य प्रक्रियालाई तुरुन्त अघि बढाउने कुरा बताउनु भयो।कार्यक्रममा गण्डकी ग्रामीण सामुदायिक अस्पताल चापाकोटका संचालक समितिका अध्यक्ष हरी…

पुरा पढ्नुहोस

प्याज लुकाउँदै व्यापारी, सीमापारी रोकिए प्याजका गाडी

भैरहवा, भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यापारीले प्याज लुकाउन थालेका छन् । भारत सरकारले आइतबारदेखि अर्को आदेश नहुञ्जेलसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार कालिमाटी बजारमा गरेको अनुगमनमा व्यापारीले मौकाको फाइदा उठाएर प्याज लुकाउन थालेको भेटिएको छ। विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार कालिमाटीस्थित अर्याल आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याज नभएको भन्दै ढाटेको फेला पारिएको छ । अनुगमन टोलीले उक्त सप्लायर्सको गोदाममा छापा मारेपछि दुई सय बोरा प्याज भण्डारण गरी राखिएको फेला परेको थियो।श्रेष्ठले भने, ‘सुरुमा गोदाम देखाउनै मानेन, गोदाममै छापा…

पुरा पढ्नुहोस

प्रदेशमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ ईन्टरनेशनल हस्पिटल’को सेवा शुरु

सबिन बराल /बुटवल, १३ असोज । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले सेवा शुरु गरेको छ । बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमबारदेखि प्रारम्भिक सेवा शुरु गरेको हो । अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी गराउनु भयो । यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा अस्पताल सेवा सुरु गरिएको उहाँले जानकारी गराउनु भयो । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो…

पुरा पढ्नुहोस

माता भगवती चन्द्रघण्टाको पूजाआजा गर्दै नवरात्रिको आज तेश्रो दिन मनाइदै

काठमाडाैँ । हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ । आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक…

पुरा पढ्नुहोस

जबरजस्ती गरेकाे आराेपबारे यस्ताे आयाे सभामुख महराकाे खण्डन

काठमाडौँ- सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपबारे उनको निजी सिचवालयले खण्डन गरेको छ ।संसद सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि सभामुख महराले जबरजस्ती करणीको प्रयास गरेको गम्भीर आरोेप लगाएकी थिइन् । सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् ।आइतबार साँझ महराले मदिरा पिएर आफुमाथि करणीको प्रयास भएको भन्दै ती महिलाले विभिन्न सञ्चारमाध्यमलाई बताएपछि यो कुरा भाइरल भएको छ । तर यसबारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी भने दिएकी छैनन् । गम्भीर आरोप लागेपछि महराको निजी सचिवालयले सोमबार विज्ञप्ति निकालेको छ । जसमा महरामाथि लागेका आरोप सबै कपोकल्पित…

पुरा पढ्नुहोस