आइजीपी खनाललाई बर्खास्त गर्ने तयारी

स्टाचारमा मुछिएका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाललाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। करोडौं रकम आर्थिक अनियमिताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा छापा मारी अनुसन्धानलाई तीब्रता दिएसँगै उनलाई बर्खास्त गर्न गृहकार्य सुरु भएको हो। यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएको छ। ‘एकपछि अर्को प्रकरणमा मुछिँदै गएका महानिरीक्षक खनाल भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिन दायरामा परेपछि बर्खास्त गर्ने तयारी भएको छ’, गृहमन्त्री रामबहादुर थापा निकट उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमण अगाडि बर्खास्त गर्ने कि पछाडि भन्ने विषयमा छलफल भइरहको…

पुरा पढ्नुहोस

खाना छोड्दैमा भुँडी घट्दैन

काठमाडौ — आफ्नो पित्तले भुँडीबाट हैरान भएका व्यक्तिहरू त्यो सुहाउँदिला आकारमा आओस् भनेर अनेक उपाय अपनाउने गर्छन् । धेरैजसोको एउटै फर्मुला हुन्छ– भात नखाने वा अरू खाना पनि निकै कम खाने । नयाँ अनुसन्धानको दाबीअनुसार, स्लिम देखिने चक्करमा खाना छोड्दा उल्टो प्रतिफल आउन सक्छ । भुँडी घट्ने होइन, झन् बढ्न सक्छ । यो अनुसन्धान जर्नल अफ न्युट्रिसन बायोकेमिस्ट्रीको अनलाइन संस्करणमा प्रकाशित छ । एक छाक नखाएर अर्को छाकमा त्यसको भर्पाई गर्न खोज्नुभन्दा दिनभर अलिअलि खाने गर्दा चाहिँ भुँडी घटाउन मदत मिल्छ । अध्ययन अनुसार, क्यालोरी घटाउन भोजन छोड्ने कामले शरीरलाई…

पुरा पढ्नुहोस

सफल मानिसहरुका सामान्य तर जीवन बदल्ने १० साझा आनीबानीहरु

सफल कसरी बन्ने ? सामान्य मानिसहरुको जिन्दगीभरको चासो यहि हुन्छ तर धेरै मानिसहरु सफल हुनुलाई भाग्यको खेल वा चमत्कारका रुपमा मात्रै सम्झन्छन् । यस्तो सोचाइले उनीहरुको जिन्दगीबाट सफल हुने सम्भावनालाई पर पुर्याउँने मात्रै होइन, सफलता हाशिल गरेका मानिसहरुको जीवन र संघर्षको पनि बदनामी गर्छ । सफलता संयोग, चमत्कार वा भाग्यको खेल होइन । कुनै मानिसले आफ्नो उमेरको साह्रै लामो समय कुनै कामका लागि वा त्यसको जग तयार गर्नको लागि लगानी गरेको हुन्छ । त्यो समय बिचमा उसले असाध्यै धेरै कठिनाइ र अफ्ठ्यारो भोगेको हुन सक्छ तर अरुको लागि उसको भोगाइ…

पुरा पढ्नुहोस

लामो समयसम्म सार्क निष्क्रिय रहिरहे परिणाम विचित्र हुने परराष्ट्रमन्त्री ज्ञवालीको दावी

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयसम्म सार्क निष्क्रिय रहिरहे त्यसको परिणाम विचित्र हुने दावी गर्नुभएको छ । सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा मन्त्री ज्ञवालीले सार्कको विषयमा तत्काल निर्णय गर्नुपर्ने बताउँदै निस्क्रिय रहे यसको परिणाम विचित्र हुने अथ्र्यानुभएको हो । मन्त्री ज्ञवालीले सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य रहेको समेत उल्लेख गर्नुभयो । ज्ञवालीले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक्ता औंल्याउनुभयो । एकीकृत दक्षिण एसिया, आर्थिक परस्परनिर्भरता, एशियाली आर्थिक…

पुरा पढ्नुहोस

तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता

सबिन बराल / बुटवल, असोज १० सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन् । तीमध्ये २४ परियोजनाको आयश मात्र खोलिएको छ । सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ । बिहीबार दुई परियोजनाको सम्झौतामा हस्ताक्षर भएको छ भने अन्य दश परियोजनामा प्रारम्भिक समझदारी कायम भएको छ । हस्ताक्षर भएका दुई परियोजनामा युकेएआईडीको सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंकद्धारा प्रदान गरिने सहुलियत कर्जा नगरपालिकाको सिफारिस गर्ने सम्बन्धी छन् । प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन् । निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव…

पुरा पढ्नुहोस

फेसबुकले किन देखाउन बन्द गर्दैछ लाइक र रिएक्सनको संख्या ?

एजेन्सी । फेसबुकले कुनै पनि पोष्टको लाइक एवं रिक्सेनको गणना नदेखाउने तयारी थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएअनुसार फेसबुले अष्ट्रेलियाबाट यसको सूरुवात गर्ने तयारी गरेको हो । मानिसहरुले कुनै पनि पोष्टमा भएका लाइक एवं रिक्सेनको गणनाअनुसार त्यो पोष्टलाई मान्यता दिने गररेको देखिएका कारण फेसबुकले यस्तो तयारी थालेको समेत जानाइएको छ । अष्ट्रेलियाई प्रसारण निगम एबीसी ले जनाए अनुसार फेसबुकले धेरै मानसिक संघ संस्था एवं फेसबुकले एनालाइस गरेको डाटा अनुसार मानिसहरुले फेसबुकका पोष्टको क्वालिटी भन्दा पनि लाइक एवं रिएक्सनलाई बढी मान्यता दिने गरेको पाइएपछि यस्तो गर्न थालिएको हो ।…

पुरा पढ्नुहोस

एक हप्तामा ‘कबड्डी ३’ को कमाई ७ करोडमाथि

गएको जेठ महिनापछि नेपाली फिल्मले भोग्दै आएको व्यावसायिक खडेरीलाई तोड्न सफल भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको फिल्मले एक हप्तामा ७ करोडको आँकडा पार गरेको छ । फिल्मको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ को दाबी छ । मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ का कारण ‘कबड्डी कबड्डी कबड्डी’ ले कमाईमा उछाल ल्याएको हो । शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको…

पुरा पढ्नुहोस

पाकिस्तानले गर्‍यो सार्कको महत्त्वपूर्ण बैठकमा भारतीय विदेशमन्त्रीलाई बहिष्कार

१० असोज, एजेन्सी । पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले सार्कको एक महत्त्वपूर्ण बैठकमा भारतका विदेशमन्त्री एस जयशंकरको सम्बोधन बहिष्कार गरेका छन् । भारतले कश्मीरमा कर्फ्यु लगाउन्जेल पाकिस्तानले उससँग सम्पर्क नगर्ने कुरैशीको भनाइ छ । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा सत्रभन्दा फरक सार्क देशहरूका परराष्ट्रमन्त्रीहरूको बैठक भयो । भारतका विदेशमन्त्री एस जयशंकरले काउन्सिल मीटिङको उद्घाटन मन्तव्य दिए । त्यसमा पाकिस्तानका परराष्ट्रमन्त्री अनुपस्थित रहे । जयशंकरले सम्बोधन सकेर बैठकबाट निस्केपछि मात्र कुरैशी त्यहाँ पुगे । पाकिस्तान तहरीक-ए-aइन्साफ पार्टीले भारतसँग कश्मीरको प्रतिबन्ध नहटेसम्म कुराकानी नगरिने बताएको छ । बैठकमा ढिलो आएको बारेमा सोध्दा कुरैशीले…

पुरा पढ्नुहोस

बिरामी मृत्यु प्रकरण : मृतकका भाइ भन्छन्, ‘जाममा परेर मृत्यु भएको होइन’

नागढुङ्गाको लामो जाममा परेर एक बिरामीको मृत्यु भएको खबर बाहिर आइरहँदा मृतकका भाइले भने बिरामी जाममा परेकै कारण मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै मृतकका भाइ रामबाबु साहले दाइको मृत्यु जाममा परेको कारण नभएको बताएका हुन् । बिगत २ वर्षदेखि दुवै मिर्गौला फेल भइ डाइलिसिस गराइरहेका गौर नगरपालिका–७ रौतहटका ३५ वर्षीय रुपलाल साहको शुक्रबार बिहान ४ बजे मृत्यु भएको थियो । जनकपुरमा डाइलिसिस गराइरहेका साहलाई त्यहाँका डाक्टरले पाइप परिवर्तन गर्न भन्दै काठमाडौँ पठाएका थिए । बिहीबार साँझ जनकपुरबाट आमासँगै काठमाडौँतर्फ आएका साहको शुक्रबार बिहान ४ बजे नौबिसेबाट…

पुरा पढ्नुहोस

विश्व मुटु दिवसः नर्भिकले गर्यो बृहत प्रभातफेरि

काठमाडौं– विश्व मुटु दिवसको पूर्व सन्ध्यामा नर्भिक अस्पतालले बृहत प्रभातफेरिको आयोजना गरेको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइन्छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् । हाल उक्त संख्या अझै बढी भएको अनुमान छ । तसर्थ मुटुरोगलाई संसारकै एक नम्बरको ज्यानमारा मानिन्छ । अर्कोतर्फ…

पुरा पढ्नुहोस