पढ्नका लागि अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ भने ध्यान दिनु पर्ने केहि कुरा

काठमाण्डाै – ‘अष्ट्रेलियन हाई कमिसनको तथ्याङ्कमा त नेपालको क्षेत्रफल सिक्कीमभन्दा उता गइसक्यो,’ शैक्षिक परामर्श व्यवसायमा २ दशकभन्दा लामो समयदेखी आवद्द एक व्यवसायीले भने, ‘यस्तै यस्तै कारणले गर्दा नेपाल ‘लेभल–३’ मा गएको हो।’ अष्ट्रेलियाकाे गृह मामिला हेर्ने डिपार्टमेन्ट अफ होम अफेयर्सले नेपाल अब लेभल–३ मा रहेको जानकारी गराएको छ। यससँगै अब उच्च शिक्षाका लागि नेपालबाट अष्ट्रेलीया जान चाहने विद्यार्थीहरुलाई थप असहज हुने भएको छ। उनीहरुले नियमित भिसा आवेदनसँगै केहि अतिरिक्त कागजातहरु पनि पेश गर्नुपर्नेछ। राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का संयोजक सन्तोष प्याकुरेलले भने, ‘अब आवेदन प्रकृयामा केहि जटिलता आएकाे छ।’ अष्ट्रेलीया…

पुरा पढ्नुहोस

चापाकोटमा दोस्रो नवदुर्गा भवानी पुजा हुदै

सुनिल न्यौपाने / चापाकोट हिन्दुहरुको महान चाड बिजया दशमीको पावन अबसरमा सम्पुर्ण श्रध्दालु भक्तजनहरुमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दै हिन्दु धर्मको जागरण गर्ने उदेश्यले गत बर्ष जस्तै यस बर्ष पनि चापाकोट न.पा को सुन्तलीटार बगैंचामा दोस्रो नवदुर्गा भवानि पुजा आयोजना गरिएको छ । यस पुजाले सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुमा धर्म प्रतिको आस्थामा वृद्धि हुने र हिन्दु धर्मको प्रचार तथा जागरण हुने देखिन्छ। पुजा आजाका लागी टाढा टाढा बाट भक्तजनहरुको बाक्लो उपस्थिति हुने भएकोले ब्यापारीक दृस्ठिकोणले पनि चापाकोटका ब्यापारीहरुलाई समेत फाइदा पुग्ने देखिन्छ l कार्यक्रममा प्रमुख पण्डित नेपाल सस्कृत बिश्वबिधालयका सह-प्रध्यापक डा.केशव…

पुरा पढ्नुहोस

मंसिरदेखि चल्ने भयो रेल

जनकपुरधाम : नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो। रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मि श्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’ नेपाल सरकारले…

पुरा पढ्नुहोस

अब नेपालका सिमकार्डमा पनि ‘केवाईसी’ लागू हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै ग्राहक पहिचान गर्न ‘नाे योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ। सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको हो। आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ। यसअघि बैँकहरुले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको हो। जथाभावी रुपमा सिमकार्डहरुको खरीद, बिक्री तथा वितरण गर्ने कार्यले गर्दा फोनमार्फत हुने आपराधिक गतिविधि बढेको हुँदा…

पुरा पढ्नुहोस

शौचालयमा फोन चलाउँदा हुन सक्छ पाइल्स

अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्। डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ। मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ। हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्भे गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय…

पुरा पढ्नुहोस

मनसुन अझै सक्रिय हुने

काठमाडौं : सामान्यतया मनसुन सकिने बेला भइसके पनि अझै केही समय सक्रिय हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबरसम्म बाहिरिनु पर्ने मनसुन अझै पूर्ण सक्रिय देखिएको छ। मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। ‘मनसुन बाहिरिने अझै कुनै संकेत देखिएको छैन’, मौसमविद् पोखरेलले भनिन्, ‘यसले गर्दा केही समय मनसुन अझै सक्रिय रहन्छ।’ यतिबेला देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ। अझै…

पुरा पढ्नुहोस

अमेरिका घुम्न आएका एक नेपालीको कारको ठक्करबाट निधन

अमेरिका-अमेरिका घुम्न आएका एक नेपालीलाई बाटोमा हिडिरेको बेला कारले ठक्कर दिदा निधन भएको छ ।महोत्तरी बर्दीवासका बिष्णु प्रसाद सापकोटा बुधवार केन्टुकी राज्यको लजिड्गटनमा मर्निङवार्कमा रहेको बेला कारले ठक्कर दिएको थियो । ५८ बर्षिया सापकोटाको घटनास्थलमै निधन भएको हो ।घटना लगत्तै उनकी धर्मपत्नी बिमला सापकोटा बेहोस भएकी थिइन । उनको स्थानीय युके अस्पतालमा उपचार भई रहेको छ । उनीहरू छोरी बिनिता सापकोटा र ज्वाई रोशनराज घिमिरेलाई भेटघाट गर्न तीन साता अघि मात्र अमेरिका आएका हुन् ।यस अघि बुधवार नै अमेरिकाको पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा सडक दुर्घटनामा घाइते भएका नेपाली भाषी कर्ण बहादुर…

पुरा पढ्नुहोस

दशै‌ं मनाउन नेपाल फर्कदै भारतमा रहेका नेपाली

८ असोज, राँझा । दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किएका छन् । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैँमा भने सधैँ घर फर्किने गरेको उनले बताए। वलीका अनुसार, भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोटको बारेकोटका मात्रै १५ घरपरिवार दशैँ…

पुरा पढ्नुहोस

ब्रम्हा मुहूर्तको समय र महत्व के छ ?

सबेरै उठ्नुपर्छ भनिन्छ । अर्थात बिहान सबेरै उठ्दा स्वास्थ्यलाई अरु बढी लाभ मिल्छ भनिन्छ । बिहान उठ्दा के हुन्छ ? बिहान कतिबेला उठ्नुपर्छ ? बिहान उठ्ने सही समय के हो ? किनभने अहिले हाम्रो जीवनशैली अस्तव्यस्त छ । हामी राती अबेरसम्म बस्छौं । बिहान झलमल्ल घाम लागिसक्दा पनि हामीलाई निद्राले छाडेको हुँदैन । त्यसैगरी कतिपयलाई अनिद्राको समस्या पनि छ । कोल्टे फेर्दाफेर्दै रात गुज्रन्छ, बिहान चाडै उठ्नै सक्दैनन् । पूर्खाहरुले भनेका छन्, राती चाडै सुत्नु, पर्यात निद्रा लिनु र बिहान चाडै उठ्नु । सुत्ने र उठ्ने समयावधी सात वा आठ…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७६ आश्विन ०९ गते बिहीबार

वि.सं. २०७६ आश्विन ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध, गुरु प्रदोष व्रत, कलियुगादि, आश्विन कृष्णपक्ष (ञलागा) द्वादशी तिथि, बिहान ०७:३३ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि भोलिबिहान ०५ बजेर १३ मिनेटसम्म त्यसपछि चतुर्दशी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि ०२:४१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०७:४१ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा तैतिल करण बिहान ०७:३३ बजेसम्म, त्यसपछि गर करण साँझ ०६:२३ बजेसम्म, अन्तिममा वणिज करण,…

पुरा पढ्नुहोस