पुलिसकै अगाडि बैंक ह्याकर एजेन्टको दादागिरी (भिडियोमा)

काठमाडौं । कृषि विकास बैंक लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी आरोपमा पक्राउ परेकालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका १२ जनामध्ये चार जनालाई सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएकामध्ये एक महिला छिन् । पक्राउ पर्नेमा नुवाकोटका लावाङ तामाङ, रसुवाकी लक्ष्मी लामा, तारकेश्वरका सञ्जय घले, रसुवाकी निर्मला तामाङ, सोही ठाउँकी निमा तामाङ, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारत कलकत्ताका शुबंकर पञ्जा र कैलालीका चन्द्र बहादुर बुढा छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेका चार जनामध्ये एकले…

पुरा पढ्नुहोस

थामिएको जीवनको रफ्तार बदल्न परिवर्तन जरुरी छ : TVS Mega Xchange

बुटवलको भाट-भटिनी नजिक TVS Mega Xchange हुदै   कुनै पनि पुरानो बाइक वा स्कुटर लिएर आउनुहोस उचित मुल्यांकन सहित नया टी भी यस चढेर जानुहोस भन्दै असोज  ९  देखि  बुटवल मा exchange मेला सुरु भएको छ। बुटवलको भाट-भटिनी नजिकको सिम्रन होटलमा भोलि बिशेष रुपमा यो कार्यक्रम गर्न लागिएको सुन्दर अर्याल ले जानकारी दिनु भयो।  नचल्ने पुरानो बाइक वा स्कुटरको पनि न्युनतम मुल्य ३०००० राखिएको जानकारी दिनु भयो। चाडबाडको समयलाइ मध्य नजर गर्दै धेरै  राम्रो अफर लिएर आएको बालाजी अटो मोबाइल्स बताउछ। अफरको जानकारी यो तस्बीर मा हेर्नु सक्नु हुनेछ।  

पुरा पढ्नुहोस

हास्ने बानी बसाउनुहोस्, अमुल्य खुशी मिल्छ !

हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ । हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् । मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हास्ने गर्दछन् । हास्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो । हासोका…

पुरा पढ्नुहोस

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

चितवन / नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउनुभयो । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उहाँले चीनमा जनताले मतदान गर्न नपाउने बताउनुभयो । सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताउनुभयो । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उहाँले लोकतन्त्रको रक्षा र…

पुरा पढ्नुहोस

विश्व फार्मेसी दिवसमा रक्तदान

८ असोज, बुटवल । विश्व फार्मेसी दिवसको अवसर पारेर बुटवलमा वृहत रक्तदान कार्यक्रम भएको छ । फार्मेसी एसोसियसन अफ नेपाल, पाच नम्बर प्रदेशको आयोजना तथा मंगलम पोलिक्लिनिक प्रालि, नारि शक्ति आमा समूह वडा नं ६ को सहयोगमा बुधबार बुटवलमा रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको मंगलम पोलिक्लिनिकका डाईरेक्टर तथा कार्यक्रमका संयोजक मनोज पन्तले बताए । कार्यक्रमको उद्घाटन गर्दै वडा नं ६ का वडाअध्यक्ष जगदिश चन्द्र आचार्यले वडाबासीहरुको शिक्षा, स्वस्थ्यको विषयमा गम्भिरताका साथ लिएर नीतिगत रुपमा योजना ल्याएको बताए । विरामीहरु उपचार नपाएरभन्दा पनि औषधी र यसको सहि तरिका नजान्दा…

पुरा पढ्नुहोस

जनकपुरको पुर्वेली होटलमा तिन जनाको शकांस्पद मृ*त्यु

जनकपुरधाम , ८ असोनज — धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ स्थित पोर्ताहामा रहेको पूर्वेली होटेलमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होटलका सञ्चालक शिवकुमार महतो, उनकी श्रीमती र एकजना कामदार रहेको प्रहरीले बताएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालको टोली अहिले घटनास्थलतर्फ गएको छ । होटलभित्र रहेको फ्रिजहरु जलेको छ । विहान होटल नखोलेपछि छिमेकीहरु घर खोलाउन गएका थिए । सोहीक्रममा तीनै जना मृत फेला परेको प्रहरी उपरीक्षक खनालले बताएका छन् ।

पुरा पढ्नुहोस

अमेरिका, बेलायत, जापानबाट नेपालमा ‘ट्रेडमार्क चोरी’ विरूद्ध उजुरी

उद्योग विभागमा ट्रेडमार्क चोरी विरूद्ध ४६ वटा उजुरी परेका छन्। चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महिनाको अन्तरालमा सो सङ्ख्यामा उजुरी परेको हो। उद्योग विभागका अनुसार भारत, स्पेन, बेलायत , श्रीलङ्का, जापान, अमेरिका लगायतका विकसित राष्ट्रले नेपाललाई ट्रेडमार्क चोरीको उजुरी हालेको छ। त्यस्तै नेपाल केही उद्योगले नेपाली उद्योगलाई पनि ट्रेडमार्क चोरी गरेको उजुरी हालेको छ। विभागको तथ्याङ्क अनुसार स्पेनको जारा भन्ने कम्पनीले नेपालको पाश्ता कम्पनीलाई लोगो चोरेको उजुरी हालेको छ। एसियन पेन्ट कम्पनीको नेपालको रिलायन्स पेन्टलाई लोगो चोरी विरूद्ध उजुरी परेको छ। त्यस्तै श्रीलङ्काको मेरिज डेर्फनान्डो एण्ड सन्स कम्पनीले नेपाल…

पुरा पढ्नुहोस

केएमसी अस्पतालमा एक महिलाले जन्माइन् एकै पटक एक ४ बच्चा

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् । बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । जमिएका चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शाहीको सल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भधान पछि सल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

पुरा पढ्नुहोस

कांग्रेस नेताहरुले अनावश्यक हल्ला गरेः पौडेल

८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको साक्षात्कारमा नेकपा स्कुल विभागका सहसंयोजक पौडेलले भने, ‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होइन, हुने छैन ।’ दुई पार्टीबीच सी जिनपिङ विचारधाराबारे छलफल गर्नुका साथै आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्न मात्र कार्यक्रम गरिएको उनले स्पष्ट पारे । यसलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको उनको टिप्पणी छ । नेकपालाई…

पुरा पढ्नुहोस

एभरेष्ट होटलबाट पेस्तोलसिहत चार जना पक्राउ

काठमाण्डु , ८ असोज– महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाण्डुमहानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदीप माझी र सीतापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई रहेका छन् ।उनीहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाण्डु , ८…

पुरा पढ्नुहोस