यस्ता पो मुख्यमन्त्री : सुविधाको गाडी छोडेर सार्वजनिक गाडी चढि लुम्बिनी पुगे मुख्यमन्त्री पोखरेल

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सार्वजनिक बसमा देखिएका छन् ।उनी सार्वजनिक बस चढेर एउटा कार्यक्रममा पुगेका छन् ।उनी सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगेका छन् ।यसअघि सरकारी सुविधाको गाडीमा नै यात्रा गर्दै आएका शंकर पोखरेल यो पटक रुपन्देहीका विभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेपछि सोही बस चढेर लुम्बिनी पुगेका हुन्। उनी बस सेवाको रिबन काटेर उदघाटन गरेपछि श्रीमतीसहित त्यही बस चढेर लुम्बिनी पुगेका हुन् । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएको छ । एसी…

पुरा पढ्नुहोस

मदन भण्डारीकी छोरी उषाले गरिन् दासढुङगा हत्याकाण्डको पर्दाफास (भिडियो)

काठमाडौं । स्वर्गीय जननेता मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो बुवाको हत्याकाण्डबारे नयाँ खुलासा गरेकी छिन्। स्वर्गीय भण्डारीको २६ औं स्मृति दिवसका अवसरमा प्राईम टाईम्स टेलिभिजनका लागि जनता जान्न चाहन्छन् कार्यक्रममा विशेष कुराकानी गर्दै उनले उक्त हत्याकाण्डको छानबिन अघि बढिरहेको जनाएकी छिन्। उनले आफ्नो बुवाको रहस्यमयी तवरले हत्या नै भएको आफूहरुको बुझाई रहेको बताइन्। उनले हत्याकाण्डबारे २०५० सालदेखि नै अर्थात सुरुवातदेखि नै अनुशन्धानका कुराहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताईन्। आफ्नो बुवाको हत्यारा पत्ता लगाउने कोशिस जारी रहेको उनको विश्वास छ। उनले भनिन्,”कतिपय कुरा बाहिर आउँछन्। कतिपय कुरा भित्रै रहन्छ।” उनले…

पुरा पढ्नुहोस

बिना अप्रेशन पाइल्स रोगबाट छुटकारा पाउन अप्नाउनुहोस् यी घरेलु उपाय

काठमाडौँ । अचेल धेरै जसो मानिसहरु पाइल्स समस्याको शिकार भएको पाइन्छ । मानिसको दिशा गर्ने ठाउँवरिपरि रहेका रक्तनशाहरु विविध कारणबाट सुन्निएको या मांसपेशीका अङ्कुरहरुको आकार बढ्न गएमा यस स्थितिलाई पाइल्स भनिन्छ । यो अवस्था बढ्दै जाँदा मांशपेशीको आकार चनाको दाना जत्रो सम्म हुन पुग्छ र दिशा गर्दा पीडा हुन थाल्छ । बिना अप्रेशन पायल्स रोगबाट छुटकारा पाउन अपनाउनुहोस् यि घरेलु उपाय: पाइल्सको उपचार गर्ने घरेलु उपाय – करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे पाइल्स निको हुन्छ । – निमको फल र सिन्दुरे…

पुरा पढ्नुहोस

चुनावको मतगणना हुनुअघि किन गुफाभित्र पसे भारतीय प्रधानमन्त्री मोदी ? ध्यानमा बसेको तस्बिर बन्यो भाइरल

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदि गुफा भित्र पसेका छन् । उनी आफ्नो पार्टिको प्रचार प्रसार सकेर गुफा भित्र पसेका हुन् ।उनी लोकसभा चुनावको मतगणना हुनुअघि ध्यान गर्न गुफामा पसेका बताइएको छ ।उनी शनिबार देखि उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ मा ध्यानमा बसेका हुन् । ध्यान कुटिया’ मा ध्यानमा बसेका प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार बिहान मात्रै उठ्ने बताइएको छ । अहिले प्रधानमन्त्री नरेन्द्र मोदी ‘ध्यान कुटिया’ मा ध्यान बसेको तस्बिर सामाजिक सन्जालमा भाइरल भएको छ ।मोदि ध्यानमा बसेपछी उनका पार्टीका नेताहरुले केदारनाथको तिर्थयात्राको रुपमा ब्याख्या गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार…

पुरा पढ्नुहोस

ठेकदारलाई सरकारले ठीक ठाउँमा राखोस्ः प्रचण्ड

४ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकदारलाई ठीक ठाउँमा राख्न सरकारलाई आग्रह गरेका छन् । नुवाकोट जाने सडक प्रचण्डकै घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको छ । नुवाकोटमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले सडकलाई आफ्नो घरवेटीसँग जोडेपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरे । ‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । त्यति जोड गर्नुपर्ने विषय महसुस हुँदैन,’ उनले भनेका छन्, ‘मैले सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन…

पुरा पढ्नुहोस

व्यापारी श्रीभगवान अपहरणको नाटक गरी लुुकेको खुलासा

रौतहटस्थित अपहरण गरी बेपत्ता पारिएको भनिएको एकजना व्यापारी आफैँ भागेर अपहरणको नाटक गरेको खुलेको छ । जिल्लाको कटहरिया नगरपालिका–५ बजारस्थित आईएमई व्यवसाय गर्दै आएका व्यापारी श्रीभगवान साह तेली आफैँ भागेर अपहरणको नाटक गरेको रहस्य खुुलेको हो । गत वैशाख १७ गतेदेखि अपहरणको नाटक गरी सम्पर्कबिहिन भएका व्यापारी साह हिजोमात्र परिवारको सम्पर्कमा आएका हुन् । शुुक्रवार व्यापारी साहका बुुबा जियालाल साह तेलीले गरुडास्थित प्रहरीलाई खबर गरी घटनाको यथार्थ विवरण जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का र घटनाको छानबिनका लागि काठमाडौँबाट आएका सीआईबीका डिएसपी अर्जुुन…

पुरा पढ्नुहोस

दरबार हत्याकाण्ड देखेका वीरेन्द्रका एडीसीको पुस्तक आउँदै

काठमाडौं : १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो ? यसबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्। तत्कालीन राजपरिवारका अधिकांश सदस्यको ज्यान जानेगरी जेठ १९ मा भएको हत्याकाण्ड र त्यसपछिका दृश्यावलीको वर्णन समेटिएको पुस्तक ‘दरबारको दुःखान्त’ आउँदो सोमबारदेखि बजारमा आउन लागेको हो। २०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना। उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ। तत्कालीन राजा, रानी र युवराजको एडीसीका रुपमा…

पुरा पढ्नुहोस

१२० किलोग्राम लागुऔषध गाँजासहित सुकुलाल र नमराज पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा धनी र सवार एकलाई सार्वजनिक गरेको हो । प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ । प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३…

पुरा पढ्नुहोस

उमेर नपुग्दै भएको विवाहले सम्बन्ध विच्छेद

घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा सर्वराज खत्रीले बताउनुभयो ।   “कम उमेरमा विवाह गर्ने र विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ , विवाह गर्ने उमेर पुगेका महिला सम्बन्धविच्छेदका लागि सन्तान काखी च्यापेर अदालत पुग्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । १४/१५ वर्षको उमेरमा विवाह गरेर परिपक्व भएपछि घरेलु हिंसा सहन नसकी सम्बन्धविच्छेद गर्न बाध्य…

पुरा पढ्नुहोस

मदन भण्डारीकी जेठी छोरी उषाले यसरी गरिन् दासढुङगा हत्याकाण्डको पर्दाफास् (भिडियो सहित)

स्वर्गीय जननेता मदन भण्डारी र राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो बुवाको हत्याकाण्डबारे नयाँ खुलासा गरेकी छिन् । स्वर्गीय भण्डारीको २६ औं स्मृति दिवसका अवसरमा प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासंग कुराकानी गर्ने क्रममा उनले नयाँ खुलासा गरेकी हुन् । शुक्रबार राति प्रसारण भएको विशेष कुराकानीमा भण्डारीकी जेठी छोरी उषाकिरणले उक्त हत्याकाण्डको छानबिन अघि बढिरहेको जनाएकी छिन् । उनले आफ्नो बुवाको रहस्यमयी तवरले हत्या नै भएको आफूहरुको बुझाई रहेको दाबी गरिन् । उनले हत्याकाण्डबारे २०५० सालदेखि नै अर्थात सुरुवातदेखि नै अनुशन्धानका…

पुरा पढ्नुहोस