आज विपी स्मृति दिवस, विभन्न कार्यक्रम गरि मनाइँदैआज विपी स्मृति दिवस, विभन्न कार्यक्रम गरि मनाइँदैआज विपी स्मृति दिवस, विभन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं।प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा मंगलबार विपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइराला क्यान्सर रोगबाट थला परेका थिए । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई नेपाली कांग्रेसले विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको छ । वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका…

पुरा पढ्नुहोस

विप्लवको भूमिगत सञ्जाल कस्तो ? को कहाँ जानुहोस

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य  राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ। ‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर…

पुरा पढ्नुहोस

बालुवाटार जग्गा प्रकरणमा गच्छदार भन्छन् : ‘छानबिनमा सघाउँछु’

काठमाडौं : कांग्रेस उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा सरोकारवाला निकायले गर्ने छानबिनमा आफूले सघाउने बताएका छन्। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन निकायलाई सघाउने बताएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जग्गा प्रकरणमा आफ्नो नाम अनावश्यक रूपमा मुछिएको बताए। ‘बालुवाटारको जग्गा भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयसँग जोडिएको विषय हो, म त्यतिबेला भौतिक आवासमन्त्री थिएँ’, उनले भने, ‘मैले मन्त्रिपरिषद्मा प्रस्ताव पेस मात्र गरेको हुँ। यो जग्गाको विषय मेरो मन्त्रालयसँग जोडिँदैन।’ उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानका लागि अहिलेसम्म कुनै सम्पर्क नराखेको उल्लेख गर्दै आवश्यक परे…

पुरा पढ्नुहोस

प्रतिपक्षी दल इतिहासकै निकम्मा देखियो: रायमाझी

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय इतिहासमै अहिलेको जस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका छन् । आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले प्रतिपक्षी दल कमजोर भएको बताएका हुन् । उनले भने,‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन् । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन् ।’ साक्षात्कारमा बोल्दै उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे । उनले…

पुरा पढ्नुहोस

नेकपाले ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगायो

काठमाडौं : नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सबै इन्चार्ज र सह-इन्चार्जको विवरण केही बेरमा सार्वजनिक गरिने श्रेष्ठको भनाइ छ। सचिवालयको अर्को बैठक मंगलबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ। अर्को बैठकले आयोग, केन्द्रीय निकाय र प्रवासको नेतृत्वबारे छलफल गर्ने श्रेष्ठको भनाइ छ।

पुरा पढ्नुहोस

काँग्रेसमा देउवा कार्यकालको जोडघटाउ : एकअर्कालाई ‘गलाउन’ यस्तो बुनियो रणनीति

काठमाडौँ– नेपाली काँग्रेसमा १४औँ महाधवेशनको विषयले बहस सिर्जना गराएको छ । असार २२ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको विषयले प्रवेश पाएसँगै यसले एक खालको बहस सिर्जना गराएको छ । संस्थापन पक्ष पार्टीको अन्तरिम सङ्गठन संरचनापछि महाधिवेशनको कार्यतालिका निर्धारण गर्न तयार भएको छ । तर चालु केन्द्रीय कार्यसमितिको बैठकमै महाधिवेशनको क्यालेन्डर ल्याउन संस्थापन इतर पक्षले दबाब दिइरहेको छ । इतर पक्षकै दबाबमा संस्थापन महाधिवेशनको एजेन्डामा छलफलका लागि बाध्य भएको हो । इतर पक्षले महाधिवेशनको क्यालेन्डरका विषयमा छलफल नहुने हो भने बैठकमै अनुपस्थित रहने चेतावनी दिएपछि मात्रै देउवा महाधिवेशनको क्यालेन्डर ल्याउने…

पुरा पढ्नुहोस

एकताले पूर्णता पाउने, प्रचण्डको यस्तो भूमिका खोजिदै

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘कतिपय विषयमा सहमति जुटिसकेको छ, केही विषयमा सहमति जुट्न बाँकी छ, सम्भवत् सचिवालय बैठकले बाँकी कामको टुंगो लगाउनेछ ।’ महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो…

पुरा पढ्नुहोस

जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो : सीपी मैनाली

काठमाडौं। संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि शुक्रबार बुझाएको विरोधपत्र शनिबार सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै विरोधपत्र सार्वजनिक गरिएको हो । विरोधपत्र बुझाउनेमा नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेत्तिस दलीय मोर्चा (पार्टी), जनताको प्रजातान्त्रिक पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनमोर्चा पार्टी रहेका छन् । सार्वजनिक गरिएको उक्त पत्रमा मुख्यतः सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको कुरालाई समावेश गरिएको छ । ठूला भ्रष्टाचारी, तस्करी, दुई नम्वरी कानुनको कठघरामा आउन नसकेकोमा पनि संयुक्त राष्ट्रिय…

पुरा पढ्नुहोस

नेकपामा माधवलाई विदेश विभाग वामदेवलाई संगठन प्रमुखको जिम्मेवारी

काठमाडौं- नेकपाका तीन शीर्ष नेताको जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत नेकपाका नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै अर्का नेता झलनाथ खनाललाइृ नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी दिएको छ भने वामदेव गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ । बिहीबार र शुक्रबार बिहान बसेको नेकपा बैठकले ३ नेताको जिम्मेवारी टुंग्याएको हो । नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ। अहिले पार्टीले जिम्मेवारी प्रदानका विषयमा गम्भीर भएर छलफल गरिरहेको र सबै काम टुंग्याएपछि साउन ५ गते बस्ने सचिवालय बैठकले निर्णय अनुमोदन गर्ने नेता झलनाथ खनालले…

पुरा पढ्नुहोस

मधेस डुबान समाधानबारे भारतसँग सरकारले पहल गर्न सकेन : देउवा

इटहरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन इटहरीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले सरकार लाचार भएकाले तराईमा समस्या आएको बताए। आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको उनको भनाइ छ। तर, सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम नगरेको, डुबानको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल नगरेको उनले बताए। कार्यक्रमको सम्पूर्ण समय सरकारको विरोधमा खर्चिएका उनले सरकार अनावश्यक कर लगाउन लागिपरेको आरोप लगाए। ‘प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको छ,’ उनले भने, ‘लेख्ने/बोल्ने अधिकार…

पुरा पढ्नुहोस