के भन्छन गुठिबारे माधव नेपाल

२ असार, काठमाडौं । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् । सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधयेकबारे सांसदरुसँग करिब डेढ घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा गुठी विधेयकबारे छलफल गर्ने तयारी गरिरहेका बेला त्यसको ठीक दुईघण्टा पहिले माधव नेपालले बेग्लै छलफल गरेका हुन् । नेता नेपाल र सांसदहरुवीच सोमबार दिउँसो १ बजेदेखि करिब डेढ घण्टा छलफल भएको थियो । छलफलमा सहभागीहरुले गुठी विधेयक फिर्ता लिन नेता नेपालसमक्ष माग गरेको छलफलमा सहभागी नेकपाका…

पुरा पढ्नुहोस

छोरी जन्मिए खातामै एक हजार !

वीरेन्द्रनगर, कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ । “छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महीना रु ५०० का दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिनेछ,” बजेट प्रस्तुत गर्दै आर्थिक मामिला…

पुरा पढ्नुहोस

प्रचण्ड उपस्थित धुम्बाराहीको कार्यक्रममा पूर्व एमाले अनुपस्थित !

काठमाडौं– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेको एक बर्ष पूरा भैसकेको छ । पार्टी एकीकरणपछि नेकपाका दुई स्थानमा केन्द्रीय पार्टी कार्यालय भएपनि मुख्य कार्यालय तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीलाई बनाइएको छ । तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा पनि दुई अध्यक्ष लगायत अन्य शीर्ष नेताका लागि कुर्सी छन् । तर, पार्टी एकीकरण पछि सानादेखि ठुला कार्यक्रम धुम्बाराहीमा हुने गरेका छन् । ती कार्यक्रममा तत्कालीन दुवै पार्टीका नेता कार्यकर्ताको उपस्थित हुने गर्छ । तर, सोमबार धुम्बाराहीमा भएको एक कार्यक्रमको दृष्य भने अलिक फरक थियो । उक्त कार्यक्रममा…

पुरा पढ्नुहोस

भेनेजुएलामा भीषण सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस– पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ । कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र दुर्तगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक…

पुरा पढ्नुहोस

प्रधानमन्त्रीलाई भेटेर एकनाथ ढकालले भने : मलाई सांसद बनाइदिनुस्

काठमाडाैँ, २ असार । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व हुनुपर्ने भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । ओलीलाई भेट्न आइतबार बालुवाटार पुगेका ढकालले आफूलाई संघीय संसदमा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । बालुवाटार स्रोतका अनुसार ढकालले आफूलाई राष्ट्रिय सभाको सदस्यमा भए पनि मनोनित गरिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । भेटमा उनले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको प्रधानमन्त्रीलाई स्मरण गराएको परिवार दलले विज्ञप्ति निकालेर जनाएको छ। गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई…

पुरा पढ्नुहोस

लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग

काठमाडौँ– संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गरे । सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताए । सांसद गणेशकुमारी पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति पु¥याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।सांसद…

पुरा पढ्नुहोस

बजेटमा आर्थिक मामिलामन्त्रीको स्पष्टीकरण : हतारमा केके छुट्यो-छुट्यो

२ असार, पोखरा । गण्डकी प्रदेश सरकार गठन भएदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निकै जोड दिएको योजना हो, ‘हजार शैय्याको अस्पताल बनाउने ।’ प्रदेश सरकारको पहिलो र दोस्रो बजेटमा यसले स्थान पनि लायो । तर, आइतबार प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०६६/६७ को बजेटले भने यसलाई सम्बोधन गरेन । अघिल्ला बजेटले सम्बोधन गरेका र यसपटक नीति तथा कार्यक्रममार्फत आएका थुप्रै विषयलाई बजेटले समेट्न सकेन । किन यस्तो भयो त ? आर्थिक मामिला किरण गुरुङ भन्छन्, ‘हतारमा केके छुट्यो-छुट्यो ।’ बजेट प्रस्तुत गर्ने दिन आइतबार १ बजेसम्म पनि बजेट तयार पार्न…

पुरा पढ्नुहोस

भारतको तमिलनाडुमा पिउने पानीको संकट, होटेलहरू बन्द

नयाँदिल्ली, २ असार । भारतको दक्षिणी राज्य तमिलनाडुमा पानीको संकट गहिरो बन्दै गएको छ । पानीका स्रोतहरु सुकेका छन् भने मनुसुन भित्रिएको छैन । पानीको हाहाकारका कारण चन्नईका विभिन्न क्षेत्रमा पानीकै विषयलाई लिएर झडप पनि भएका छन् । पानीका लागि मानिसहरुले सात–आठ किलोमिटर धाउनु पर्ने बाध्यता छ । पानीकै कारण चेन्नईका रेस्टुरेन्ट तथा आइटी कम्पनीमा काम प्रभावित भएका छन् । चेन्नईका ६५ प्रतिशत रेस्टुरेन्टहरु पानीकै कारण बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । होटल सञ्चालकहरुको एसोसिएसनले पानी निकै महंगो भएकोले होटल व्यवसाय प्रभावित भएको बताएका छन् । पानीको संकट चेन्नईमा…

पुरा पढ्नुहोस

प्रचण्डका छोरी, बुहारी र ज्वाइँहरू सरकारी सुविधामा, कार्यकर्ताहरू हेरेको हेरै

काठमाडौं, २ असार । माओवादीले जनयुद्ध गर्दा गाउँका जनतालाई धेरै ठूलाठूला सपना देखाएको थियो । जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई बराबरी देख्छन् भन्ने थियो । तर, प्रचण्डको व्यवहारले त्यो देखाउँदैन । माओवादी पार्टीलाई पनि एमालेभित्र बिलय गराएका प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्नुभन्दा पनि आफ्नै परिवारको सुरक्षामा ध्यान केन्द्रित गराएको माओवादी पृष्ठभूमि रहेका नेताहरूले बताउने गरेका छन् । आफ्ना परिवारका सदस्य र ज्वाइँहरूलाई कसरी सेटिङ गरेर सरकारी सेवा सुविधा दिलाउन सकिन्छ भनेर प्रचण्डले रातदिन सोँच बनाउने गरेको प्रचण्डका क्रियाकलापले देखाएका छन् । आफ्नो सचिवालयदेखि राजनीतिक नियुक्तिसम्म सबै स्थानमा…

पुरा पढ्नुहोस

एसईई परीक्षाको नतिजा केही ढिला आउने

काठमाडौं, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गएको वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ । देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताए…

पुरा पढ्नुहोस