भरोसामा अडेको एउटा जीवन

सबिन बराल / पुराखबर हुन त आफ्नो जीवन आफ्नै आड भरोसा र विश्वासमा बाँचेको हुन्छ । आफ्नै पौरख र गौरवमा बाँचेको हुन्छ । बाँच्नु दुई छाक खानु र लाउनु मात्र होइन । बाँच्नु रमाईलो र आधारभूत आवश्यकता पूरा गर्नुमात्र होइन । बाँच्नुको परिधि र परिवेश विराट हुने गर्दछ । प्रसंग पाल्पा जिल्लाको सुदूरपश्चिममा पर्ने रैनादेवी छहरा गाउँपालिका वडा नं.३,भुवनपोखरी गाउँको तालपोखरामा २३ वर्ष अघि जन्मिएका विष्णु पौडेलको हो । उनको जीवन्त कथा सुनिरहँदा र उनको दैनिकी हेरिरहँदा भरोसामा बाँचेको जीवन कति कष्टकर र पीडादायिक हुन्छ भन्ने सहजै अनुमान लगाउन गाहे…

पुरा पढ्नुहोस

बुटवल ज्योतीनगरकी ६६ वर्षिया बृद्दाका हत्या गर्ने एकजना पक्राउ

२७ असोज, बुटवल । गत असोज १७ गते हत्या भएकी बुटवल ज्योतीनगरकी टिकीसरी गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । धारीलो हंसिया प्रयोग गरि हत्या गरिएकी गुरुङको हत्या अभियोगमा मकवानपुर जिल्ला हेटौडा घर भएका राम लामालाई प्रहरीले आज सार्वजनिक गरेको छ । लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले जानकारी दिए । बाख्रा चराउन गएकी गुरुङलाई हंसिया प्रहार गरी बुटवल बहुमुखी क्याम्पस पछाडीको जङ्गलमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । ६६ वर्षिया गुरुङले लगाएको गरगहना समेत लुटपात भएका कारण पक्राउ…

पुरा पढ्नुहोस

प्रदेशमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ ईन्टरनेशनल हस्पिटल’को सेवा शुरु

सबिन बराल /बुटवल, १३ असोज । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले सेवा शुरु गरेको छ । बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमबारदेखि प्रारम्भिक सेवा शुरु गरेको हो । अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी गराउनु भयो । यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा अस्पताल सेवा सुरु गरिएको उहाँले जानकारी गराउनु भयो । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो…

पुरा पढ्नुहोस

विपी विचारको नगर समिति विस्तार

बुटवल १० असोज । विपी विचार राष्ट्रिय समाजको बुटवल उपमहानगर समिति विस्तार भएको छ । यस अघि नै चयन हुनु भएका नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले विधानमा भएको प्रावधान अनुशार नगर समितिलाई पुर्णता दिएका छन् । समाजको विस्तारित नगर समितिको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा जय प्रकाश भट्टराई,कोषाध्यक्षमा ज्ञान प्रसाद खनाल र सह सचिवमा विष्णु भण्डारी चयन भएका छन् । त्यसैगरि समाजका नगर सदस्यहरुमा माधव प्रसाद प्रधान, चंखा पुन, तिर्थ पंगेनी,माया भण्डारी, पुनम पौडेल, धुव्र भट्टराई, टेक नारायण टण्डन राधा पोखेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा खिमा खनाल, निर्मल आचार्य, रविन…

पुरा पढ्नुहोस

तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता

सबिन बराल / बुटवल, असोज १० सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन् । तीमध्ये २४ परियोजनाको आयश मात्र खोलिएको छ । सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ । बिहीबार दुई परियोजनाको सम्झौतामा हस्ताक्षर भएको छ भने अन्य दश परियोजनामा प्रारम्भिक समझदारी कायम भएको छ । हस्ताक्षर भएका दुई परियोजनामा युकेएआईडीको सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंकद्धारा प्रदान गरिने सहुलियत कर्जा नगरपालिकाको सिफारिस गर्ने सम्बन्धी छन् । प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन् । निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव…

पुरा पढ्नुहोस

दशै‌ं मनाउन नेपाल फर्कदै भारतमा रहेका नेपाली

८ असोज, राँझा । दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किएका छन् । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैँमा भने सधैँ घर फर्किने गरेको उनले बताए। वलीका अनुसार, भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोटको बारेकोटका मात्रै १५ घरपरिवार दशैँ…

पुरा पढ्नुहोस

विश्व फार्मेसी दिवसमा रक्तदान

८ असोज, बुटवल । विश्व फार्मेसी दिवसको अवसर पारेर बुटवलमा वृहत रक्तदान कार्यक्रम भएको छ । फार्मेसी एसोसियसन अफ नेपाल, पाच नम्बर प्रदेशको आयोजना तथा मंगलम पोलिक्लिनिक प्रालि, नारि शक्ति आमा समूह वडा नं ६ को सहयोगमा बुधबार बुटवलमा रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको मंगलम पोलिक्लिनिकका डाईरेक्टर तथा कार्यक्रमका संयोजक मनोज पन्तले बताए । कार्यक्रमको उद्घाटन गर्दै वडा नं ६ का वडाअध्यक्ष जगदिश चन्द्र आचार्यले वडाबासीहरुको शिक्षा, स्वस्थ्यको विषयमा गम्भिरताका साथ लिएर नीतिगत रुपमा योजना ल्याएको बताए । विरामीहरु उपचार नपाएरभन्दा पनि औषधी र यसको सहि तरिका नजान्दा…

पुरा पढ्नुहोस

राष्ट्रिय युवा परिषदले अभिमुखीकरण सम्पन्न

बुटवल, ८ असोज । राष्ट्रिय युवा परिषदले बुटवलमा अभिमुखीकरण गरेको छ । बुधवार बुटवलमा एक दिने प्रदेश र स्थानीय तहमा युवा सम्वन्धी शसर्त अनुदानतर्फको कार्यक्रमका सम्वन्धमा अभिमुखीकरण गरेको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगत रहेको परिषदले जिल्ला युवा समितिका अध्यक्ष तथा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरुका लागि एक दिवसीय अभिमुखीकरण गरेको छ । युवा समितिका अध्यक्ष वसन्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ का संसद भूमिश्वर ढकालले युवाहरुमा रहेको जागरुकतालाई सही दिशा प्रदान गर्नुपर्नेमा जोड दिए । अभिमुखीकरणमा युवा परिषदका कार्यक्रम र प्रदेश…

पुरा पढ्नुहोस

गुल्मीमा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी, तोडफोड

सबिन बराल / गुल्मी, असोज ८ तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो ।यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी…

पुरा पढ्नुहोस

बार्षिक उत्सवको अवसरमा बाल गृहमा खाद्यान्न हस्तान्त्ररण

६ असोज, बुटवल । बार्षिक उत्सवको अवसरमा बुटवलको जितगढीमा अवस्थित बाल गृहमा खाद्यान्न हस्तान्त्ररण गरेको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडको दोस्रो बार्षिक उत्सवको अवसरमा बाल कल्याण गृह बुटवलमा पाँच हजार बराबरको खाधान्न सामाग्री हस्तान्त्ररण गरेको छ । हस्तान्त्ररण कार्यक्रममा बोल्दै संस्थाका शाखा प्रमुखले संस्थाले प्रत्येक बर्ष आफ्नो बार्षिक उत्सवको अवसरमा बिभिन्न संघ सस्थाहरुमा सहयोग गर्दै आएको र यस बर्ष पनि बार्षिक उत्सवको अवसरमा खाद्यान्न वितरण गरिएको सस्थाका शाखा प्रमुख यमराज बुढाथोकिले जानकारी दिए । कार्यक्रममा बाल गृहकी प्रमुख कमला ज्ञवालीले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा…

पुरा पढ्नुहोस