लन्डनका राता बसमा नेपालको प्रचार

लन्डन : बेलायतको राजधानी लन्डनलाई चिनाउने विशेषतामध्ये रातो बस पनि हुन्। दिनहुँ लाखौं यात्रु बोकेर लन्डनभर गुड्ने यी राता बसका भित्ता यतिबेला नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्रीले रंगिएका छन्। लन्डनस्थित नेपाली दूतावासका अनुसार करिब दुई दर्जन रुटका ५० बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्स’ का पोस्टर टाँसिएका छन्। पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिंगटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका लन्डनका प्रमुख क्षेत्र भएर गुड्ने बसमा नेपालको प्रचार गरिएको हो। मंगलबारदेखि सुरु भएको यो प्रचार अभियान दुई सातासम्म कायम रहने छ। यस अवधिमा यी बसमा राखिएका विज्ञापन करिब ४५ लाख मानिसमाझ पुग्ने अपेक्षा छ।…

पुरा पढ्नुहोस

श्रीलङ्कामा सुख्खाले साढे पाँच लाख प्रभावित

काठमाडौँ, १ साउन । श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन् । उनीहरु एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ । उनीहरुलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरुको भनाइ छ । केन्द्रका सहायक निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीलगायतका सामग्रीहरु पठाउने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा सुख्खाका कारण कतिपय रोगहरु पनि…

पुरा पढ्नुहोस

आप्रवासी महिला सांसदप्रति आक्रामक डोनाल्ड ट्रम्प

वासिङटन : आप्रवासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रंगको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसद्मा प्रतिनिधित्व गर्ने महिला सांसदलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किनसक्ने भनी आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्पको भनाइ अमेरिकी संसद् (कंग्रेस) मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई संकेत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन् । ट्विटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन । कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै…

पुरा पढ्नुहोस

पहिले सेल्फी त्यसपछि पढाई, सेल्फी खिचेर हाजिर

भारतको उत्तर प्रदेशको बारम्बंकी जिल्लामा प्राइमरी स्कूलका अध्यापकका लागि निकै अचम्मको तरिकाले हाजिर गर्नुपर्ने नियम लागु भएको छ । नयाँ नियम अनुसार अध्यापकहरुले ठिक आठ बजे स्कूल पुगेर कर्मचारी र बच्चासँग सेल्फी खिच्नुपर्नेछ, त्यसलाई विभागको ह्वाट्सएप ग्रुपमा पठाउनुपर्ने छ, अनिमात्रै पढाई र अन्य काम गर्नुपर्नेछ । यो व्यवस्थाको पालना नगर्ने र अनुपस्थित रहने अध्यापकको एक दिनको तलब दण्डस्वरुप काटिने बताइएको छ । यस्तो नियम लागु गर्नुपर्ने कारण बताउँदै जिल्लाका शिक्षा अधिकारीले भने, ‘धेरैजसो अध्यापक समयमै स्कूल नपुग्ने र छुट्टीमा धेरै बस्ने उजुरी आएपछि यस्तो निर्णय लिइएको हो ।’ शिक्षा अधिकारी…

पुरा पढ्नुहोस

अष्ट्रेलियामा शक्तिशाली भूकम्प, एक मिनेटसम्म कम्पन

सिड्नी । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ । ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ । राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको…

पुरा पढ्नुहोस

चीनको वैदेशिक व्यापार १४६ खर्ब यूआन

बेइजिङ-चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो । विश्व व्यापारमा पछिल्लो समय संरक्षणवाद चर्केर गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द भएको दवाव चिनियाँ अर्थतन्त्रमा समेत परिरहेका समय चीनले यति राम्रो वैदेशिक व्यापार उपलब्धि हासिल गर्नु सजिलो काम नभएको भन्सार विभागले जनाएको छ । यसबाट चीनको वैदेशिक व्यापारमा व्यापक लचिलोपना भएको र चीनको आर्थिक वृद्धि स्थिर तथा दीर्घकालीन रूपमा…

पुरा पढ्नुहोस

एयर क्यानडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

लस एन्जलस– मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त एयरवेजले जानकारी दिएको छ । उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ । जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा…

पुरा पढ्नुहोस

खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए, समाचार बन्यो विश्वभर भाइरल

भारतमा एक किशोरले गरेको बहादुरीको अहिले विश्वभर चर्चा भइरहेको छ । घटना केही अघिको भएपनि अहिले सामाजिक सञ्जालमा सो घटना र तस्बिर भाइरल भएको छ । भारतको सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले देखाएको बहादुरीले विश्वभर चर्चा पाएको हो ।उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरु बहादुरी पुर्वक बचाएका छन् । यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योतिले सो घटनाको पुष्टि गरेकी छन् । उनले भनिन् हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका…

पुरा पढ्नुहोस

टिकटक भिडियोको क्रेजले २४ वर्षे युवकको ज्यान गयो

नयाँदिल्ली : टिकटक भिडियो भाइरल बनाउने लहड चलिरहेका बेला भारतको हैदराबादमा एक अनौठो र दुखद् घटना भएको छ । हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दैगर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ । नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । यस क्रममा उनी आफ्ना केही साथीहरुसँगै थिए । अनलाईन न्युज ‘द न्युज मिनेट’ले प्रहरीलाई उधृत गर्दै त्यहाँ उनीहरु भिडियो पोज दिँदै नाच्दै गर्दा तलाउमा खसेको जनाएको छ । तलाउमा खसेपछि नरसिम्हले पौडी…

पुरा पढ्नुहोस

इरानी पानीजहानहरुले बेलायती तेल ट्याङ्कर कब्जामा लिने प्रयास गरे: बेलायत

काठमाडौं । इरानी पानीजहानहरुले खाडीको जलक्षेत्रमा बेलायती तेल ट्याङ्कर कब्जामा लिने प्रयास गरेको बेलायत सरकारका प्रबक्ताले बताएका छन् । दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले होर्मुजको खाडीको बाटो हुँदै गइरहेको ब्रिटिस हेरिटेज तेल ट्याङ्करलाई बाटो बदल्न र तेहराननजिकको समुद्री क्षेत्रमा रोक्ने आदेश दिएको सीएनएनले जनाएको छ । अमेरिकी विमानले सो घटनाको भिडियो नै बनाएको सीएनएनको दावी छ । इरानी राष्ट्रपति हसन रुहानीले बेलायतलाई चेतावनी दिँदै जिब्राल्ट तटमा आफ्नो एक तेल ट्याङ्कर कब्जामा लिने बेलायतको कोसिसको परिणाम भोग्नपुर्ने बताएका छन् । गत साता जिब्राल्टरमा अधिकारीहरुले इरानको एउटा तेल ट्याङ्कर रोकेका थिए…

पुरा पढ्नुहोस