पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धन एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ। घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।

पुरा पढ्नुहोस

सुनचाँदीको मूल्य एक वर्ष यताकै उच्च

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको कारोबार एक वर्ष यताकै उच्च मूल्यमा भएको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उच्च वृद्धि भएकाले नेपालमा पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुन प्रति तोला ६३ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । त्यस्तै तेजावी सुन पनि ६२ हजार ७ सय रुपैयाँ प्रतितोला कारोबार भइराखेको छ । चाँदी पनि बिहीबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । खासगरी अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहदा लगानीकर्ताले…

पुरा पढ्नुहोस

घट्याे पेट्रोलको मूल्य

काठमाडाैँ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइने नेपाल आयल निगमले बताएको छ । निगमका अनुसार घटेको मूल्यअनुसार काठमाण्डौको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम छ । डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहोस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा वृद्धि हुँदा नेपालमा पनि त्यसको असर परेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार फाइन गुणस्तरको सुनमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ६२ हजार रुपैयाँमा खरिद विक्री भएको छ । तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी भने मंगलबारको तुलनामा ५ रुपैयाँले बढेर ७ सय १० रुपैयाँ प्रति तोला कारोबार भएको छ ।

पुरा पढ्नुहोस

अर्थमन्त्रीले पेश गरेको बजेटमा १ खर्ब ३४ अर्ब ४२ करोड ७० लाख बढी रकममा त्रुटि

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले अघिल्लो बुधबार संघीय संसदमा पेश गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आधा दर्जन बढी त्रुटिहरु औंल्याएको थियो । कांग्रेस नेता तथा सांसद मिनेन्द्र रिजालले बजेटमा केही तथ्यगत र केही भाषागत विषयसँग सम्बन्धित त्रुटि औंल्याएपछि अर्थमन्त्री खतिवडाले संसदको वैठकमै ‘भुलसुधार’ गर्ने प्रतिवद्धता जनाएका थिए । पुर्व मन्त्री रिजालले विषेश गरी दुई प्रकारका त्रुटि औंलाएका थिए । उनले औंलाएको पहिलो त्रुटिमा आन्तिरक ऋण सिद्धान्तभन्दा बढी संकलन गरिने उल्लेख गरिएको थियो भने दोस्रो त्रुटिमा संघीय सरकारको सर्वसञ्चिति कोषमा दाखिला हुने राजश्व रकमसम्बन्धी थियो । अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत…

पुरा पढ्नुहोस

आगामी आर्थिक वर्षमा ३ खर्ब वैदेशिक ऋण थप्ने सरकारको योजना

२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १५ खर्बभन्दा बढिको बजेट सार्वजनिक गर्‍यो । तर, बजेटको प्रमुख स्रोतका रुपमा रहेको राजश्वबाट भने ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ मात्र प्राप्त हुने अनुमान गरिएको छ । बाँकी अपुग रकमका लागि सरकारले वैदेशिक अनुदान र ऋणमा भर पर्नुपर्ने हुन्छ । सरकारले वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाउने बताएको छ । राजस्व र बैदेशिक अनुदानबाट जुटाइने रकमपछि बजेटमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ अपुग हुनेछ । जसको पूर्तिका…

पुरा पढ्नुहोस

असारे विकास: ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो । चालु आव सकिन अब डेढ महिना पनि बाँकी छैन । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले समाचार लेखेका छन् । महालेखा नियन्त्रकका अनुसार चालु आवको पहिलो दुई महिना (साउन– भदौ) मा ६ अर्ब ८५ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो…

पुरा पढ्नुहोस

बुबाआमा गुमाएका बालबालिकाले भत्ता पाउने

बैतडी- दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक २ हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताइन । टुहुरा बालबालिले आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेको कार्कीले बताइन ।  

पुरा पढ्नुहोस

कर्मचारीसँगै भीभीआईपीको तलब पनि स्वत: बढ्यो : कसको तलब कति पुग्यो ?

काठमाडौं : सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ। सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३०…

पुरा पढ्नुहोस

विदेशबाट फर्किएका नेपालीलाई ठुला रुपमा गहना ल्याउन छुट

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । सुनका गहना २५ तोलासम्म  नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । यो समाचार आजको…

पुरा पढ्नुहोस