प्रधानमन्त्रीले भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन(नाम)को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । समाचार चन्द्रशेखर अधिकारीले आजको अन्नपूर्ण पोस्ट्मा लेखेका छन् । मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ । वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन । ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनलाई नायडुललगायतसँग भेटवार्ता गर्ने गर्नेछन्…

पुरा पढ्नुहोस

‘इँटाभट्टाको आगोमा बोरा हाल्दा प्रहरी सँगै थिए’

६ कात्तिक, रौतहट । १२ वर्ष पहिले भएको राजपुर बमकाण्डको आरोपमा क्षेत्र नं. २ का सांसद अफताब आलम पक्राउ परेको विषय यतिबेला देशैभरि चर्चामा छ । ०६४ चैत्र २७ गते भएको सो घटनाका प्रत्यक्षदर्शी समसुल मियाँ विष्फोटपछि आफू राजपुर पुगेको र घटनामा घाइते भएकाहरुलाई इँटाभट्टासम्म लगेको आफूले देखेको दाबी गर्छन् । सोे घटनामा समसुलका ज्वाइँ ओशी अख्तरसमेत मारिएका थिए । चैत्र २७ गतेको दिन समसुल बिहान सर्लाहीको लालबन्दीबाट तरकारीको व्यापार गरेर फर्किंदै थिए । समसुल लालबन्दीबाट काठमाण्डौंसम्म तरकारी पठाउने कारोबार गर्थे । संविधानसभा निर्वाचनको एक दिनअघि भएकाले चन्द्रनिगाहपुरबाट सरुअठासम्म जाने…

पुरा पढ्नुहोस

१० करोड क्षतिपूर्ति माग्दै गायत्री साहले हालिन् मेडिसिटीविरुद्ध मुद्दा

काठमाडौं : ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलविरुद्ध १० करोड रुपैयाँ बराबर क्षतिपूर्तिको मागसहित पूर्वसांसद गायत्री साहले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद १० बमोजिम अस्पताल र सम्बद्ध चिकित्सकबाट क्षतिपूर्ति भराउन माग गरिएको छ। अस्पताल र सम्बन्धित चिकित्सकको लापरबाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको विकलाङ्ग बच्चा जन्माउनुपरेको दाबी मुद्दामा गरिएको छ। गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको भन्दै आश्वस्त पारेका कारण असक्त बच्चा जन्माउनुपरेको दाबीसमेत साहले फिरादमा उल्लेख गरेकी छन्। ‘मेरो बच्चाको स्वास्थ्य अवस्था अब जीवनभर सुधार नहुने, जीवनभर औषधि उपचार गरिरहनुपर्ने र राम्रो…

पुरा पढ्नुहोस

यस कारण गरिन्छ शिवलिंगको पूजा

काठमाडौँ –हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ ।लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ । लिंग पुजा गर्नुका केही कारण यस्ता छन्-शिवलिंग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा,…

पुरा पढ्नुहोस

निवर्तमान सभामुख महरा भन्छन् : नेकपाको निर्देशन मान्दिनँ

काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपा नभएकाले राजीनामा नदिने बताएका हुन्। दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सभामुख र सांसद पदबाट समेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो। तर उनले सांसद पदबाट मात्रै राजीनामा दिए। उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन्। उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर…

पुरा पढ्नुहोस

एशियाकै ठूलो शिला शालिग्राम शिलाभित्र सुन खानी रहेको किंवदन्ती

तम्घास- एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गर्नुभयो । शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ ।शालिग्रामभित्र सुन-शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको…

पुरा पढ्नुहोस

विवाह नगरी एकल जीवन बिताइरहेका अविवाहित महिलाले भत्ता पाउने

काठमाडौँ – जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो । नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा नामक भत्ता दिने तथा उहाँहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति लिएको छ । यसअघि बैतडीको मेलौली नगरपालिकाले…

पुरा पढ्नुहोस

नजिकिए प्रचण्ड र माधव नेपाल, नारायणकाजीलाई राखेर गोप्य बैठक

काठमाण्डु, ६ कात्तिक– प्रधानमन्त्री केपी ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन् । त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्ल्याइएका थिए । नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो । ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा प्रचण्ड छन् । नेपाल भने संगठनात्मक एकतामा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएका कारण देखाउँदै ओलीसँग असन्तुष्ट छन्…

पुरा पढ्नुहोस

२०२० को चुनावी अभियान : ट्रम्पको फेसबुक विज्ञापन खर्च प्रतिसाता ११ करोड

वासिङ्टन,६ कार्तिक।सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको प्रचार अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरेको खर्चको एक डेमोक्रेटिक उम्मेदवारकी प्रतिस्पर्धीले आलोचना गरेकी छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको प्रतिस्पर्धी रहेकी एलिजाबेथ वारेनले चुनावी अभियानमा निकै धेरै रकम खर्च भइरहेको भन्दै आलोचना गरेकी हुन् । तथ्य परीक्षण गर्ने बीबीसी रियालिटी चेकले सो दाबीमा अनुसन्धान गरेको छ । सिनेटर एलिजाबेथ वारेनले ट्रम्पको चुनावी अभियानले फेसबुकमा एक सातामा विज्ञापनका लागि १० लाख डलर (झन्डै ११ करोड ३४ लाख रुपैयाँ) खर्च गरिरहेको दाबी गरेपछि गरेको अनुसन्धानमा उनको दाबी सत्य भएको पाइएको हो । बितेका…

पुरा पढ्नुहोस

पाँच मिनेटमा थानकोटबाट चित्लाङ पुग्न सुरूङ मार्ग बनाउने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ पाँच मिनेटमा पुग्ने गरी बाटो बनाउन लागिएको खुलासा गरेका छन्। काठमाडौंको थानकोटबाट धादिङको सिस्नेखोलासम्म जाने सुरुङ मार्ग निर्माणको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले थानकोटबाट चित्लाङसम्म सुरूङ निर्माणको सर्वे भइरहेको बताएका हुन्। ‘अलिकति समय लाग्छ। पाँच मिनेटमा यहाँ (थानकोट)बाट चित्लाङ पुगिनेछ,’ ओलीले भने, ‘सर्वे भइराखेको छ।’ अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ। चन्द्रागिरीको डाँडा कटेपछि चित्लाङ पुगिन्छ। ओलीले सोही ठाउँमा सुरूङ बनाउन सर्वे भइरहेको बताए। प्रधानमन्त्री ओलीले नुवाकोटको बेत्रावतीबाट रसुवाको स्याफ्रुबेंसीसम्म पनि सुरूङ मार्ग निर्माण हुने…

पुरा पढ्नुहोस