यि हुन् विदेशीले सजिलोसंग पाउने क्रेडिट कार्ड

जापानमा अन्य राष्ट्रमा जस्तो क्रेडिट कार्डलाई प्राथमिकता दिएको त्यति पाइँदैन । यसको वास्तविक कारण त्यति पत्ता नलागे पनि क्रेडिट कार्ड कम्पनीहरुले जापानीहरुलाई यसको प्रयोग गर्न प्रेरित गर्नका लागि विभिन्न स्किम र आइडिया भने ल्याएका हुन्छन् । जापानमा विदेशीले पनि आवेदन दिन पाउने केही क्रेडिट कार्डहरु जारी गरिएका छन् । केही त कम्पनीले स्विकृत गरेको खण्डमा आवेदन दिएकै दिन तपाइले कार्ड पाउन सक्नुहुन्छ । आवेदन दिने सहि तरिकाको जानकारीका अभावका कारण जापानमा विदेशीले क्रेडिट कार्ड वा सहि क्रेडिट कार्ड पाउन सजिलो भने छैन । कार्ड पाउने नपाउने कुरा तपाइको जापान बसाइमा निर्भर छ । अधिकांश क्रेडिट कार्डको फर्म भर्दा अनेक कुराहरुको आवश्यकता हुन्छ । सहि कार्डको बारेमा थाहा पाएर सहि तरिकाले आवेदन भरेर र सम्पूर्ण आवश्यक दस्तावेजहरु पेश गरेर क्रेडिट कार्ड लिन सकिन्छ । स्थायि आम्दानी, उच्च क्रेडिट रेकर्ड, जापानमा केही समय बसेको तथ्यांक, जापानी बैंक खाता, जापानमा रहेको मोबाइल फोनको स्वामित्व र जापानी भाषा जान्नेले क्रेडिट कार्ड सहज रुपमा पाउन सक्छन् ।

विदेशीले पनि जापानमा जारी क्रेडिट कार्ड पाउन सक्छन्

यदि तपाइ १८ वर्ष वा सो भन्दा माथिको उमेरको हुनुहुन्छ भने राकुतेन कार्ड सजिलै प्राप्त गर्न सकिन्छ । जापानी कम्पनीले विदेशीलाई पनि क्रेडिट कार्ड लिने आवेदन दिने अनुमति दिन्छन् । तर यदि कम्पनीले यसका लागि अनुमोदन गरेन भने तपाइ विदेशी हुनु प्रमुख कारण नभई तपाइको योग्यता नपुगेर हो भन्ने बुझ्नुपर्ने हुन्छ ।

राकुतेन कार्ड

बार्षिक शुल्कः निःशुःल्क (पैसा लाग्ने पनि छन्)
रिवार्डस् : १ प्रतिशत

यो कार्ड तपाइले एक साताभित्रै पाउन सक्नुहुन्छ । यो कार्ड लिन कुनै कागजी काम गर्नु पर्दैैन र कुनै आइडी कार्ड र अनेक लफडा र झञ्झट पनि हुँदैन । जति धेरै कार्डको प्रयोग ग¥यो तपाइले त्यति नै धेरै रिवार्ड पाउनुहुन्छ ।

अनलाइनमार्फत फारम भर्ने तरिका यहाँ क्लिक गरि पढ्न सक्नुहुन्छ । (यहाँभन्दा तल दिइएका कार्डहरुको अनलाइन फारम भर्ने तरिका पनि लगभग यस्तै हो)

सेइसन इण्टरनेशनल कार्ड

बार्षिक शुल्कः निःशुल्क (पैसा लाग्ने पनि छन्)
रिवार्डस्ः शून्य दशमलव ५ प्रतिशत

जापानमा रहेका सेइसन काउण्टरबाट यो कार्ड एप्लाई गर्न सकिन्छ । यसका धेरै काउण्टर भएकाले ग्रामिण भेगमा पनि यो सजिलै पाउन सकिन्छ ।

एप्लाईका लागि लिंक: https://web.saisoncard.co.jp

अमेरिकन एक्सप्रेस कार्ड

शुल्कः कार्ड अनुसार छ
रिवार्डस्ः शून्य दशमलव ४ प्रतिशत

यो एकदमै प्रख्यात अन्तरराष्ट्रिय ब्राण्ड हो । विदेशीहरुका लागि सजिलोसंग कार्ड दिने कम्पनीहरुमध्येमा अग्रस्थानमा आउँछ । यसको शुल्क केही महंगो भएपनि यसमा यात्रुको बिमाजस्ता थुप्रै सेवाहरु पनि पाउन सकिन्छ ।

एप्लाईका लागि लिंक: https://www.americanexpress.com/jp

इपोस कार्ड

बार्षिक शुल्कः निःशुःल्क (पैसा लाग्ने पनि छन्)
रिवार्डस्ः शून्य दशमलव ५ प्रतिशत

दक्षता पुगेको खण्डमा जापानका मारुई स्टोरमा इपोस कार्ड तुरुन्तै पाउन सकिन्छ । वा अनलाइनमार्फत एप्लाई गरेर केही हप्ताभित्र लिन सकिन्छ ।

एप्लाईका लागि लिंक: https://www.eposcard.co.jp

सेदिना कार्ड जियु दा

बार्षिक शुल्कः निःशुःल्क
रिवार्डस्ः शून्य दशमलव ५ प्रतिशत

यो कार्ड प्रयोग गरेर सामान खरिद गर्दा सेभेन इलेनभेन, एइयन र दाइयो ३ गुणा बढी रिवार्डहरु पाउन सकिन्छ । यो रिभल्बिङ क्रेडिट कार्ड भएकाले हरेक महिना सम्पूर्ण ब्यालेन्स तिर्नुपर्छ ।

एप्लाईका लागि लिंक: https://www.cedyna.co.jp/card/lineup/detail/jiyuda/

क्रेडिट कार्ड प्रयोगका फाइदा

क्रेडिट कार्डबाट भुक्तानी गर्दा रिवार्डका रुपमा केही प्वाइन्ट पाउन सकिन्छ जसलाई उपहार, एमेजन टिकट, हवाइ टिकट आदिसँग साट्न पनि सकिन्छ । क्रेडिट कार्डको सहयोगले बिलहरु सजिलै तिर्न सकिन्छ । कार्ड भयो भने तत्कालै रकमको आवश्यकता पनि पर्दैन । कन्भिनियन्स स्टोर, डिपार्टमेण्ट स्टोर लगायतका क्षेत्रमा पनि क्रेडिट कार्डको प्रयोग गर्न सकिन्छ ।

यसलाई परिचय पत्रका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कार्ड भयो भने पैसा डिपोजिट गरिराख्नु पनि पर्दैन । कार भाडामा लिने पसलहरुले नगद भुक्तानीलाई नमान्ने हुँदा कार भाडामा लिन पनि यो आवश्यक छ ।

क्रेडिट कार्ड लिन आवश्यक कुराहरु

क्रेडिट कार्ड लिनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो स्थायि आम्दानी । ऋण तिर्न सक्नेहरुका लागि मात्र कम्पनीले क्रेडिट कार्ड जारी गर्छ । तपाइ बेरोजगार हुनुहुन्छ भने तपाइ ऋण तिर्न सक्नुुहुन्न र कम्पनीले स्विकार पनि गर्दैन ।

यसमा क्रेडिट रेकर्डले पनि ठूलो भूमिका निर्वाह गर्छ । विगतमा राम्रोसँग ऋण तिरेको रेकर्डले क्रेडिट कार्ड पाउने सम्भावना बढाइदिन्छ । जापानमा गरिने आर्थिक कारोबारहरु, फोन तथा बिजुली पानी ग्याँस लगायतका युटिलिटीहरुको बिल तिरे नतरिेको भन्ने कुराहरुले समेत असर गर्छ ।

कम्पनी हेरेर क्रेडिट कार्ड पाउन कम्तिमा पनि एक वर्ष भन्दा बढि जापान बसेको हुनु राम्रो हुन्छ र भिसाको अवधि कम्तिमा ३ बर्ष हुनुले कार्ड पाउने सम्भावनालाई बढाउँछ ।

रेसिडेन्स कार्डका साथसाथै तपाइसँग जापानी बैंक खाता पनि हुन आवश्यक छ । हरेक महिनाको कुनै निश्चित दिनमा क्रेडिट कार्डले तपाइको खाताबाट पैसा निकाल्छ । तपाइसँग जापानको मोबाइल फोन छ भने पनि तपाइको क्रेडिट कार्ड पाउने सम्भावना बढ्छ ।तपाइलाई जापानी भाषामा संवाद गर्न आउँछ भने पनि क्रेडिट कार्ड पाउन सक्नुहुन्छ । कुनै कुनै वेवसाइटमा जापानी भाषामा मात्रै जानकारी हुने भएकाले समस्यामा पनि पर्न सकिन्छ ।

सम्वन्धित समाचार

Leave a Comment