आज नवरात्रिको छैटौं दिन, शक्ति-स्वरूपा कात्यायनी देवीको पूजा-आराधना गरिदै

आश्विन नवरात्रको छैटौँ दिन सोमबार दुर्गा भवानीको छैटौँ शक्ति स्वरुप कात्यायनी देवी पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । शक्ति-स्वरूपा कात्यायनी देवीले मानव जीवनको सुख-समृद्धिका लागि प्रदान गर्ने यी बरदानहरु हासिल गर्नका लागि आजका दिन कात्यायनी देवीको मूर्तिलाई राम्रोसङ्ग सजाएर स्वादिस्ट मिठाइ चढाइन्छ र फूल-पत्रहरुले पूजा-आराधना गरिन्छ। यसका साथसाथै देवी कात्यायनीको बरदान पाउनेहेतु शक्ति-स्वरूपा माताकोआह्वान गर्दै पवित्र तन-मनका साथ देवीको मन्त्रोच्चारण गरिन्छ।

-महिलाहरुका लागि समृद्ध र सामयिक बैबाहिक जीवनका लागि बरदान
-नव-बिबाहित दम्पतिहरुका लागि उचित समयमा सन्तान-सुखको बरदान
-कसैको कुण्डलीमा कुनै खराबीहरु छन् भने तीनको प्रत्यख्यान

-बिबाह गर्ने उमेर भएका युवतीहरुको समयमै लगन गाँठोका लागि बरदान
-महिलाहरुको बैबाहिक जीवनमा आइपर्ने समस्याहरुको अपलाप
-स्वास्थ्य, सम्पन्नता र समृद्धिका लागि बरदान

सम्वन्धित समाचार

Leave a Comment