महरा प्रकरण : बचाउ गर्दै पीडित महिला आफैले प्रहरीमा निवेदन दर्ता गराइन् !

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका कृष्णबहादुर महराको बचाउ गर्दै पीडित महिला आफैले प्रहरीमा निवेदन दर्ता गराएकी छन् । एक उच्च श्रोतका अनुसार महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवर्तमान सभामुख महराको बचाउ गर्दै निवेदन दर्ता गराएकी हुन् ।

निवेदनमा आफू ‘डिप्रेशनको बिरामी’ भएकी र मानसिक समस्याका कारण आफूले के–के गरेको भन्नेसमेत थाहा नभएको भनि निवेदन पेश गरिएको स्रोतको दाबी छ । पीडित महिलाले महरामाथि लागेको आरोप झुटो भएको समेत दाबी गरेकी छन् ।

प्रहरीमा दिइएको निवेदन अनुसार आफू बिरामी भएकी कारण मिडियामा आएका समाचारप्रति कुनै सत्यता नरहेको समेत जनाइएको छ । जबरजस्ती करणीको आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् । बुधबार उनको राजीनामा समेत स्वीकृत भइसकेको छ ।

सम्वन्धित समाचार

Leave a Comment