अमेरिका, बेलायत, जापानबाट नेपालमा ‘ट्रेडमार्क चोरी’ विरूद्ध उजुरी

उद्योग विभागमा ट्रेडमार्क चोरी विरूद्ध ४६ वटा उजुरी परेका छन्। चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महिनाको अन्तरालमा सो सङ्ख्यामा उजुरी परेको हो।

उद्योग विभागका अनुसार भारत, स्पेन, बेलायत , श्रीलङ्का, जापान, अमेरिका लगायतका विकसित राष्ट्रले नेपाललाई ट्रेडमार्क चोरीको उजुरी हालेको छ।

त्यस्तै नेपाल केही उद्योगले नेपाली उद्योगलाई पनि ट्रेडमार्क चोरी गरेको उजुरी हालेको छ। विभागको तथ्याङ्क अनुसार स्पेनको जारा भन्ने कम्पनीले नेपालको पाश्ता कम्पनीलाई लोगो चोरेको उजुरी हालेको छ। एसियन पेन्ट कम्पनीको नेपालको रिलायन्स पेन्टलाई लोगो चोरी विरूद्ध उजुरी परेको छ।

त्यस्तै श्रीलङ्काको मेरिज डेर्फनान्डो एण्ड सन्स कम्पनीले नेपाल वायो अग्र्यानिक प्रालीलाई उजुरी हालेको छ। अमेरिकाको मेटल इन्क नामक कम्पनीको नेपालको क्लाफिक फुटवेयरलाई लोगो चोरी विरूद्ध उजुरी परेको छ। पहिलेको तुलनामा भने ट्रेडमार्क चोरी विरूद्धको उजुरी कम नै भएको विभागकी निर्देशक बिन्दा आचार्य बताउँछिन्।

‘अहिले ट्रेडमार्क दर्ता गर्ने ट्रेन बढेको छ। दुई महिनाको अवधिमा ४६ उजुरी पहिलेको तुलनामा कम नै हो’, उनले भनिन्।

सम्वन्धित समाचार

Leave a Comment