कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कर्मचारीको संलग्नता !

८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक भएको घटना सार्वजनिक भएको छ ।

कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गरे ।

उनका अनुसार विगतको भन्दा फरक तरिका अपनाएर रकम निकालिएको छ । यसअघि नेपालमा २ किसिमका हृयाक भएका थिए । पहिलो स्वीफ्ट हृयाक गरेर विदेशबाट ठूलो रकम निकिालएको थियो भने एटीएम हृयाक गरेर चिनियाँ हृयाकरहरुले नेपाल र भारतबाट रकम निकालेका थिए । ‘कृषि विकास बैंकमा भने विशुद्ध नयाँ शैलीको अपराध छ,’ प्रवक्ता निरौलाले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’

कसरी भयो चोरी ?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार हृयाकरहरुले ब्यालेन्स सीट नै तल-माथि बनाएका छन् । कार्यकारी निर्देशक मिश्रले दिएको जानकारीअनुसार कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केही व्यक्तिको खातामा समेत हालिएको उनले बताए । ‘नयाँ शैली अपनाएर रकम निकालिएको छ, यहाँ ब्यालेन्स सीट समेत चलाइएको छ,’ कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, ‘ट्रान्सफर गरिएको रकम ३/४ जना व्यक्तिको खातामा हालिएको छ ।’ उनले भने, ‘बैंकको ब्यालेन्स सीटबाट केही रकम डेबिट गर्ने अनि नयाँ खाता खोलेर खातामा पठाएको जस्तो देखिएको छ ।’

सम्वन्धित समाचार

Leave a Comment