ज्वानो खानुका यस्ता छन् ७ फाइदाहरु , सुगर, मुटु, दाँत दुख्ने लगायतका समस्याबाट बचाउँछ

काठमाडौँ । ज्वानो खानु हाम्रो स्वास्थ्यको लागी एकदमै फाइदाजनक हुन्छ । हाम्रो भान्सामा सजिलै पाइने ज्वानो विशेष गरी सुत्केरी भएको महिलाहरुलाई खुवाउने चलन छ । किनभने यसकाे सेवनले शरिरमा राम्रोसँग रक्त सञ्चार हुने , दुधको मात्रा बढाउने र दुखाई कम गर्न सहयोग गर्दछ । आज हामी सोही ज्वानो खानुको फाइदाहरु बताउदै छौँ । अझ

-ज्वानोको झोल विहान खाली पेटमा खायो भने धेरै लाभदायक हुन्छ ।

-नियमित रुपमा ज्वानो खानाले मुटु रोगबाट बच्न सकिन्छ ।

-यदि तपाईले नियमित विहान ज्वानोको झोल पिउनुभयो भने दाँत दुख्ने , कफ बस्ने र मुख गन्हाउने समस्याबाट बचाउँछ ।

-त्यस्तै दैनिक रुपमा ज्वानोको झोल खानुभयो भने कब्जियतबाट पनि राहत पाउन सकिन्छ । साथै खाना पनि चाँडै पचाँउछ ।

-यदि विहान खाली पेटमा ज्वानोको पानी पिउनाले शरिरको तौललाई घटाउनुका साथै डायरिया समेत निको पार्छ ।

-टाउको दुख्ने समस्याको लागी पनि ज्वानोको झोल अचुक औषधी हो ।

-यदि तपाईमा अनिन्द्राको समस्या छ भने राती सुत्ने बेलामा एक कप ज्वानोको झोल पिउनुभयो भने मज्जाले निन्द्रा लगाउँछ ।

-दैनिक ज्वानोको झोल पिउनाले डाइबेटिज हुने खतरा कम हुन्छ ।

सम्वन्धित समाचार

Leave a Comment