गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाैँ, २ असार । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री ओलीले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् ।

गत बैशाख १६ गते भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् ।

यो विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै चौतफी विरोध र आलोचनासँगै आन्दोलन सुरु भएको थियो । काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिरका जिल्लामा समेत विरोध चर्कन थालेपछि सत्तारुढ दलका सांसदहरुले विधेयक सच्चाउनुपर्ने भन्दै सरकारलाई दबाब दिन सुरु गरेका थिए ।

गुठीसम्बन्धी कानुन बनाउन राष्ट्रिय सभामा दर्ता भएको यो विधेयककोे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै अन्य राजनीतिक दल, विभिन्न संघ संस्थाले विराेध गरेका छन् ।

यसअघि सत्तारुढ दलकै कतिपय सांसद र नेताहरुले समेत गुठी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । नेकपाका नेता झलनाथ खनाल, योगेश भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरुले समेत विधेयकका कमजोरी औँल्याएर सच्याउनुपर्ने सुझाव दिएपछि ओली नेतृत्वको सरकार रक्षात्मक बन्दै विधेयक परिमार्जन गर्न तयार भएको हो ।

आफू देश बाहिर भएका बेला गुठी विधेयकको विरोधमा भएको आन्दोलनलाई नियालिरहेका प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्कने क्रममै त्रिभुवन विमानस्थलमा गल्ती भए सच्चाउन तयार रहेको बताएका थिए ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पनि विधेयकबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी छन् । मन्त्री अर्यालयले विधेयकका व्यवस्था र भइरहेको विवादबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी हुन् ।

यसअघि प्रधानमन्त्री विदेशमा हुँदा मन्त्री अर्यालले विधेयकको विरोध गरिरहेका काठमाडौंका गुठियार र जनप्रतिनिधिसँग मन्त्रालयमै छलफल गरेकी थिइन् ।

बालुवाटार पुगेकी मन्त्री अर्याललाई विधेयक परिमार्जन गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

सम्वन्धित समाचार

Leave a Comment