सचिनको किर्तिमानी तोडे विराटले

काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सबैभन्दा छोटोसमयमा ११ हजार रन पूरा गर्दै किर्तिमानी बनाएका छन् ।

वर्ल्ड ट्राफोर्डमा जारी खेलमा ७१ रनमा नटआउट रहेका उनले यसअघिको भारतका लिजेन्ड्री क्रिकेटर सचिन तेन्डुलकारको किर्तिमानी भंङ्ग गरेका हुन् ।

कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ११ हजार रनको आँकडा पुरा गरे । कोहलीले २सय३० एकदिवसीय खेल मध्य २सय२२ पारी खेल्दै एकदिवसीय क्रिकेटमा ११ हजार रन पूरा गरेका हुन् ।

यसअघि सबै भन्दा छिटो सचिनले २७६ पारीमा ११ हजार रनको पूरा गरेका थिए । यस लिस्टमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ तेस्रो स्थानमा छन् । उनले २सय८६ पारीमा ११ हजार पुरा गरेका थिए । त्यस्तै भारतका सौरभ गांगोलीले २८८ पारी खेल्दै ११ हजार रनको आँकडा पूरा गर्दै चौथो स्थानमा छन् ।

सम्वन्धित समाचार

Leave a Comment