प्रदेश नं. ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट

१ असार, बुटवल । प्रदेश नं. ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाको बजेट प्रस्तुत गरेका छन । कुल बजेट मध्ये चालु तर्फ १३ अर्ब ४५ करोड ५ लाख अथार्त ३६।९४ प्रतिशत र पुँजिगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अथार्त ५१।०१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वित्तिय हस्तान्तरण अन्तर्गत स्थानिय तहलाई उपलब्ध गराईने सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानिकरण अनुदान तर्फ ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख बजेट विनियोजन गरेका छन ।

खर्च व्यवस्थापनका लागि आन्तारिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँट बाट ३० करोड, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक बर्षको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड प्राप्त हुनेछ ।

बजेटमा प्रदेशले केही विशेष कार्यक्रमहरु ल्याएको छ । चालू खर्च भन्दा पुँजीगत खर्च धेरै रहेको सो बजेटमा पर्यटन, उद्योग र वाणिज्यको क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । औद्योगिक तथा वाणिज्य क्षेत्रको लागि २३ करोड विनियोजन गरिएको छ भने शिक्षा क्षेत्रको समग्र बजेट ७५ करोड विनियोजन गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले संसद बैठकमा प्रस्तुत गरेको बजेटको पुर्णपाठ यस्तो छ ।

सम्वन्धित समाचार

Leave a Comment