होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीद्धारा राप्तीमिनु रेष्टुरेन्टलाई साधारण सदस्यताबाट निष्कासन

यमलाल भुसाल / ११ जेठ, बुटवल ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले व्यवसायी आचार संहिता विपरित गति विधी गरेको भन्दै एक व्यवसायीलाई संस्थाको साधारण सदस्यतावाट निष्कासन गरेको छ ।

संघको शनिवार बसेको बैठकले संघद्धारा जारी व्यवसायीक आचार संहितालाई पालना नगरी व्यवसायलाई र संस्थालाई नै आघात पुराउने गरि पेशा व्यवसाय गरेको भन्दै बुटवल ११ कालिकानगर स्थित राप्तीमिनु रेष्टुरेन्टलाई संघको साधारण सदस्यता पनि नरहने गरि निष्कासन गरेको संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा सम्युक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राप्तीमिनु रेष्टुरेन्टका सञ्चालक बागलुङ् निसिखोलाका वर्ष २९ को टेकबहादुर कुवँर र उनकी वर्ष ३३ की श्रीमति मीना कुमारी बस्नेत कुवँरले नाबालिकालाई वेश्याबृत्तिमा लगाएको अभियोगमा प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाएकोले संघले प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानका लागि सहज होस भन्दै निष्कासन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलले उक्त रेष्टुरेन्टमा झाडुपोछा लगाउने काममा राखेकी नावालिकालाई जवरजस्ती वेश्याबृत्तिमा लगाएको पिडितको उजुरीको आधारमा रेष्टुरेण्ट संचालक दम्पतीलार्ई पक्राउ हालै पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गरेको थियोे । बैठकले संघको साधारण सभा यही जेठ २५ गते एशियन पार्टी प्यालेस मिलनचोकमा गर्ने निर्णय समेत गरेको जनाएको छ ।
त्यस्तै बैठकले व्यवसायीक आचार संहितालाई कडार्ईका साथ पालना गरि व्यवसायीक मर्यादामा रहन पनि सदस्य व्यवसायीमा आग्रह गरेको छ ।संघद्धाराजारी व्यवसायीक आचार संहिता पालना नगर्ने व्यवसायीलाई समस्या परेको समयमा समेत संघल सहयोग नगर्ने निर्णय बैठकले गरेको छ ।

सम्वन्धित समाचार

Leave a Comment