नदीजन्य पदार्थ निकासीमा स्थानीयको अबरोध, ६० हजार घनमिटर निकासी ठेक्कामा १५ हजार घनमिटर मात्रै निकासी

रौतहट । राज्यले नदी जन्य पदार्थ निकासी गर भनेर ठेक्का दिँदा पनि रौतहटका एक ठेकेदारलाई नदीजन्य पदार्थको निकासीमा समस्या भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाले चाँदी नदीमा लगाएको ठेक्का स्थानीयले रोकेपछि ति ठेकेदारले चाँदी नदीबाट नदीजन्य पदार्थ निकासीमा समस्या भएको हो । गौरब हार्वबियर चन्द्रपुर-५ ले चन्द्रपुर नगरपालिकाबाट १ करोड २७ लाख ५० हजारमा चाँदी नदीको नदिजन्य पदार्थ निकासीको लागी लिएको ठेक्कामा स्थानीयबासीले अबरोध गरेका हुन् ।

गत माघ देखी गौरव हार्ववेयरले चाँदी नदीबाट ६० हजार घनमिटर बालुवा गिटी निकाशी गर्ने ठेक्का दिएको भएतापनि हाल सम्म १५ हजार घनमिटर मात्रै नदीजन्य पदार्थ निकाशी गर्न पाएको ठेकेदार कम्पनीका सञ्चालक इन्दल कुमार राय यादबले जानकारी दिनुभयो । महेन्द्र राजमार्गमा रहेको चाँदी पुल देखी ५ सय मिटर माथि र गैडाटार जाने पुल देखि ५ सय मिटर तल माथि आफुले बालुवा गिट्टीको निकासी गर्ने ठेक्का पाएको थियो ।

राज्यले सो क्षेत्रमा नदी जन्य पदार्थको निकाासी गर्न ठेक्का दिएको भएतापनि स्थानीयको अबरोधले निकासी गर्न नपाएको उहाँको गुनासो रहेको छ । चाँदी नदीबाट बालुवा गिटी निकासीको लागी चन्द्रपुर नगरपालिका वाड नं. ४ टेकानटोलका बासिन्दाहरुले अबरोध गरेका थिए । सो क्षेत्रमा काम गर्दा स्थानीयले २ पटक मेसिनको चाबी समेत खोसेर सास्ती दिएको सञ्चालक यादबले बताउनुभयो । यता ठेकेदारले सम्झैता विपरीत कार्य गरेको भन्दै स्थानीयले काम रोकेको बताएका छन् ।

अबरोध खुलाउन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी लगायतको टोली सो क्षेत्रमा पुगेको भएता पनि स्थानीयले अबरोध गरेर काम नै अबरुद्ध गरेको ठेकेदार शाहले बताउनुभयो । राज्यले साउन देखी नै सो क्षेत्रमा ठेक्का लगाउनु पर्ने प्राबधान भएको भएता पनि गौरब हार्डवेयरले गत माघमा आएर ठेक्का पाएको थियो । यता जिल्ला समन्वय समिति रौतहटले पनि अनुगमनको नाममा आफुलाइ सास्ती दिएको उहाँले बताउनुभयो । जिससले अबरोध हटाउन सहयोग नगरेर उल्टै सास्ती दिएको उनी बताउछन् ।

चन्द्रपुर नगरपालिकाले बालुवा गिटी निकासीको लागी असारसम्म ठेक्का दिएको भएतापनि जेठ मसान्त सम्म मात्र नदीजन्य पदार्थ निकाशी गर्ने प्राबधान छ । आफुले असार मसान्त सम्म नै निकाशी गर्नु पाउनु पर्ने उहाँको भनाइ रहेको छ । ठेकेदार यादबले भने‘ अब १८ दिनमा कसरी ठेक्का पुरा गरु ?’ । ठेक्का बापत ८५ लाख बैक ग्यारेन्टी र ३९ लाख ५० हजार नगद बुझाइ सकेको छन् । स्थानीयले दिएको सास्तीको कारण ठेक्काले डुबाउने खेल मात्र भएको सञ्चालकको गुनासो रहेको छ । अहिले चाँदी नदीमा नदीजन्य पदार्थ निकासी नहुँदा टेकान गाउँ भन्दा नदी अग्लो भएको छ । जसले गर्दा भोलीका दिनमा सिंगो गाउँलाइ नै असर गर्ने देखिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment