‘पीएम नरेन्द्र’ ले राम्रो कमाई गर्ने संकेत

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र’ शुक्रबार मे २४ तारिकबाट भारतमा प्रर्दशनमा आएको छ । फिल्मले बक्स अफिसमा राम्रो आशा जगाएको छ । फिल्म लोकसभा चुनाव २०१९ को नतिजाको एक दिनपछि रिलिज भएको हो ।

‘पीएम नरेन्द्र’ मोदी फिल्मले २.८८ करोड कमाएको भारतीय मिडियामा उल्लेख छ । ओपनिङको आकाडा कम भएपनि फिल्मले राम्रो कमाइ गर्ने आशा देखाएको छ । यो फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका हुन् । अभिनेता ओबेराँयले पीयम नरेन्द्र मोदीको अहम भुमिका निभाएको बताइएको छ । भारतीय रिर्पोटका आधारमा फिल्मलाई मोदी लहरको फाइदा मिलेको आशंका गरिएको छ ।

फिल्म पीएम मोदीलाई लिएर विवाद पनि भएको थियो । यसको प्रदर्शनको मिति पटक पटक परिवर्तन गरिएको थियो । फिल्मलाई अप्रिलमा रिलिज हुनुपर्ने थियो तर विपक्षको विरोधको कारण रिलिज भएन । यो फिल्म आएपछि मोदी सरकारलाई फाइदा मिलन सक्छ र आचार संहिताका उल्लंघन हुने विपक्षको भनाइ रहेको जनाइएको थियो ।

यसकारणले गर्दा लोकसभा चुनावसम्म रोकेको थियो । फिल्मको कहानी गर्नुपर्दा देशका प्रधानमन्त्री नरेन्द्र मोदीका राजनीतिमा आउने अथवा छात्र जीवनलाई लिएर उनका गुजरातका मुख्यमन्त्री बन्न र फेरि देशका प्रधानमन्त्री बन्ने सम्मका कहानी रहेको छ । यस फिल्ममा विवेक ओबराँयका नौ अलग अलग रुपमा देखाइएका छन् ।

यस मूल हिन्दी फिल्मको २३ अलग अलग भाषामा डविङ गर्ने योजना थियो । फिल्ममा बमन ईरानी,मनोज जोशी, किशारी शहाणे,जरीना वहाब र बरखा विष्ट सेनगुप्ताका पनि अहम भुमिकामा छन् ।

सम्वन्धित समाचार

Leave a Comment