राजीव जैनले जितेको करोड खोसीन सक्ने, बज्यो खतराको घण्टी

को बन्छ करोडपती नामक कार्यक्रममा विराटनगरका राजीव जैनले पहिलो पटक एक करोड रुपैयाँ बाजी मार्न सफल भए पछि सर्वत्र चर्चा परिचर्चा कमाउँन सफल रहे ।तर उनको चर्चा र खुशि भने लामो समय टिक्न सकेन चर्चा अहिले पनी उनको भइनै रहेको छ , तर सकारात्मक भन्दा पनी नकारात्मक तरिका बाट । केबीसी नेपालले आफ्नोे युटुब च्यानलमा अपलोड गरेको भिडियो लाई लिएर सामाजिक संजाल प्रयोगकर्ताहरुले सर्वत्र प्रश्न गरिरहेका छन् । को बन्छ करोडपतीमा राजीवले अन्तिम प्रश्न अर्थात एक करोडको प्रश्नमा जैनलाई म्याच फिक्सिङ गरेर करोड जिताइएको आरोप लागेको छ ।

केबिसी स्वयमंले युटुवमा अपलोड गरेको भिडियोको ३४ मिनेट १७ सेकेण्डमा जब अन्तिम प्रश्नमा जैन व्यापक दोधारमा परेपछि कार्यक्रम प्रस्तोता राजेश हमालले राजीव जैनलाई आरामले उत्तर दिन सक्नुहुन्छ पानी खानुस् , एकछिन डुलेर पनि आउँन सक्नु हुन्छ भन्दै स्टेजमा आफु सँगै डुलाउँन लगेका बेलामा कतै नेपथ्य बाट माघ भन्ने आवाज आउँछ र दोधारमा परेका राजीवले माघ नै फिक्स गरेर एक करोड बाजी मार्छन । ३४ मिनेट १७ सेकेण्डमा नेपथ्य बाट आएको माघ भन्ने आवाज नै अहिले राजीवलाई गलपासो बनेको छ । केबीसीले अहिले सम्म यस बिषयमा केहि बोलेको छैन । कार्यक्रमको विश्वसनियताको बिषयमा चौतर्फी प्रश्न उठ्दा पनी यस बिषयमा केबीसी किन बोल्दैन आफैँमा रहस्यमय रहेको छ ।

२००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो? भन्ने प्रश्नका अप्सनहरु वि स २०१४ माघ १९ गते ,विस २०१४ फागुन७ गते , बिस २०१४ मंसिर २१ गते र वि स २०१४ पौस २५ गते थिए । ती अप्सनहरुमा राजीव निकै अलमलिए पछि कार्यक्रम प्रस्तोता राजेश हमालले आरामले जवाफ दिन सक्नुहुन्छ पानी खानुस भन्दै एक छिन डुल्न पनि सक्नुहूछ भनेर स्टेजमा एक फेर लगाएका थिए जुन भिडियोमा स्पष्ट देख्न सकिन्छ । राजेश सँग कुराकानी गर्दै स्टेजमा घुमिरहेको बेलामा नेपथ्यबाट एउटा आवाज सुनिन्छ माघ माघ भन्ने ।जुन भिडियो हेर्दा स्पष्टै सुन्न सकिन्छ । जब जैनले माघ भन्ने आवाज सुने उनले माघनै सहि उत्तर हो फिक्स गर्दिनुस् भनेर एक करोड जितेका थिए । कतिपयले उक्त आवाज जैनकै हो भनेका छन् भने कतिले केबीसीले मिलेमतोमै राजीवलाई करोड जिताइएको आरोप लगाएका छन् ।

अन्तराष्टिय फ्रेनचाइज सो मा यति गम्भिर प्रश्नहरु उठे पछि हामीले यसको अन्य देशका अभ्यासहरु पनि हेर्यौ । उक्त सो मा यस अघि पनी चिटिङ भएको र चिटिङ भएको प्रमाणित भए पछि जितेको रकमनै फिर्ता गराइएको नजिरहरु रहेका रहेछन् ।

‘हु वान्स टु वी अ मिलीनीयर’ को २००१ को सो मा एक व्यक्तिले कार्यक्रममा सहभागी भए पछि आफ्नी श्रीमतीले खोकेको आधारमा सहि जवाफ दिएर रकम जितेको प्रमाणीत भए पछि उनले जितेको रकम फिर्ता गराइएको थियो ।
यदि राजिव जैनको विषयमा पनि अनुुुसन्धान भयो र उनले चिटिङ गरेको प्रमाणीत भयो भने राजीवले जितेको रकम फिर्ता हुने छ । राजीवको विषयमा अब केबीसीले कसरी अगाडी बढ्छ भन्ने कुरा हेर्न बाँकी नै छ । कतिपयले केबीसीले टिआरपीका लागी सेटिङ मै करोड जिताएको देखाएर फण्डा मात्रै गर्न खोजेको आरोप लगाएका छन् भने राजीव जैनलाई त म्याच फिक्सीङ नै गरेर करोड जिताइएको आरोप लागेको छ । यस बिषयलाई केबीले कसरी खण्डन गर्छ या आएका आलोचना हरुलाई वास्तै नगरी अगाडि बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।

यो पनी पढ्नुहोस्

राजीव जैनलाई म्याच फिक्सिङ गरेर करोड जिताइएको
खुलासा (प्रमाण सहित)
को बन्छ करोपती कार्यक्रममा विराटनगरका राजीव जैनले एक करोड रुपैया जित्दै इतिहाँस लेख्न सफल भए । कहि कतै नसुनिएका नचिनिएका जैन आफ्नो बौद्धिकतालाई प्रयोग गरेर रातारात करोडपती बने पछि त्यसले सर्वत्र चर्चा परिचर्चा पायो जुन स्वभाविक पनि थियो । उनको ज्ञान र क्षमताको सबैले खुलेर प्रसंशा गरे । करोड बाजी मारे पछि खुसि मनाइरहेका जैनलाई अहिले भने कडा झड्का लागेको छ । समाजिक संजालहरुमा म्याच फिक्सिङ गरेर जैन लाई करोड जिताइएको भन्दै प्रश्न उठेको छ ।

को बन्छ करोडपतीको १५ औँ अर्थात एक करोडको प्रश्नमा राजीव अलमलिएका थिए ।२००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियोरु भन्ने प्रश्नका अप्सनहरु वि स २०१४ माघ १९ गते ,विस २०१४ फागुन७ गते , बिस २०१४ मंसिर २१ गते र वि स २०१४ पौस २५ गते थिए । ती अप्सनहरुमा राजीव निकै अलमलिए पछि कार्यक्रम प्रस्तोता राजेश हमालले आरामले जवाफ दिन सक्नुहुन्छ पानी खानुस भन्दै एक छिन डुल्न पनि सक्नुहूछ भनेर स्टेजमा एक फेर लगाएका थिए जुन भिडियोमा स्पष्ट देख्न सकिन्छ । राजेश सँग कुराकानी गर्दै स्टेजमा घुमिरहेको बेलामा नेपथ्यबाट एउटा आवाज सुनिन्छ माघ माघ भन्ने ।जुन भिडियो हेर्दा स्पष्टै सुन्न सकिन्छ ।

भिडियोको ३४ मिनेट १७ सेकण्डमा स्पष्ट सुन्न सकिन्छ राजीव र राजेश हुलीरहँदा नेपस्थ बाट स्पष्ट आवाज आएको छ । पहिला दोधार भइरहेका राजिवले जव त्यो सुने हट सिटमा बसेपछि २०१४ माघ १९ भन्ने अप्सनमै फिक्स गर्दिनुस भने र एक करोड बाजी मारे । अहिले त्यो नेपथ्यको आवाजलाई लिएर कार्यक्रम युनिट माथी व्यापक प्रश्नहरु उठेका छन्। कार्यक्रम युनिटका तर्फबाट अहिले सम्म यस विषयमा कुनै औपचारिक धारणा बाहिर आएको छैन । यो कुरा बाहिर आएपछि को बन्छ करोडपतिको विश्वसनियतामा व्यापक प्रश्न तेर्सिएको छ । कार्यक्रमले भने जस्तो टिआरपि कमाउँन नसकेपछि निर्माण युनिटले पछिल्लो समय निकै प्रोपोगाण्डा गरिरहेको थियो ।


@dhankuta khabar bata savaar

सम्वन्धित समाचार

Leave a Comment