बढ्यो अमेरिकी डलरसहित केही देशको मल्य ,हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

काठमाडौँ । आज शनिबार नेपाली बजारमा अमेरिकी डलर सहित केही देशको मूल्य बढेको छ। आज नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ६६ रहेको छ। त्यस्तै आज भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ३ सय ७० रुपैयाँ २३ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १ सय ४२ रुपैयाँ ९२ पैसा, बिक्रिदर १ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ।दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर २ सय ९८ रुपैयाँ ८३ पैसा रहेको छ।युएई दिराम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ ।

सम्वन्धित समाचार

Leave a Comment