बालबालिकामाथि आक्रमण गर्ने नरभक्षी चितुवा त्रास अन्त्य गर्न सांसदको अाग्रह

तनहुँ । निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले भानु नगरपालिकाको विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई तत्काल नियन्त्रण गरी जनतामा त्रासको वातावरण अन्त्य गर्न माग गर्नुभएको छ ।

भानु नगरपालिका–२ ढल्केवरमा शनिबार साँझ चितुवाको आक्रमणबाट १० वर्षीय अमृत गुरुङको मृत्यु भए पछि प्रेस विज्ञप्ति प्रकाशित गरी सांसद श्रेष्ठले बालबालिका यसरी घर आँगनमै वन्यजन्तुको शिकार बन्नुपर्ने अवस्था निकै दुःखद् भएको बताउनुभयो ।

चितुवाको निरन्तर आक्रमणको अवस्थाको अन्त्य गर्न तथा नरभक्षी चितुवालाई यथाशीघ्र नियन्त्रणमा लिई नागरिकमा व्याप्त त्रास र आतङ्कको वातावरण अन्त्यका लागि सांसद श्रेष्ठले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।

सम्वन्धित समाचार

Leave a Comment