पिसाब बेचेर पनि कमाइन्छ पैसा l कसरी यो हेर्नुहोस

काठमाडौं– पैसा कमाउने पनि एक कला हुन्छ, जुन सबैलाई आउँदैन । मानिस छिटोभन्दा छिटो धनी बन्न तथा पैसा कमाउनका लागि विभिन्न काम गर्दछन् ।

कसैले व्यवसायमा लगानी गर्दछन् भने कसैले आफ्नो कुशल तरिकाबाट लाखौं–करोडौं कमाउने गर्दछन् । तर, तपाईले कहिल्यै सुन्नु भएको छ, कसैले आफ्नो पिसाब बेचेरै लाखौं कमाइ गर्दै आएका छन् ? छैन । तर, यो बिलकुल साँचो हो ।

अमेरिकाको फ्लोरिडानिवासी एक महिलाले आफ्नो पिसाब बेचेर घरै बसी–बसी मासिक लाखौं रुपैयाँ कमाउँदै आएकी छन् । जब अरु मानिसहरुलाई यो थाहा भयो, उनीहरु सबै आश्चर्यमा परे ।

कलेज पढ्ने एक युवतीले दुई वर्ष पहिले एक अनलाइन एन्ड सर्भिसमा आफ्नो पिसाब बिक्रीका लागि विज्ञापन दिएकी थिइन्, जसमा लेखिएको थियो ‘म तीन महिनाकी गर्भवती छु । जसले पनि मेरो पोजेटिभ प्रेग्नेन्सी परीक्षण गरी पिसाबलाई खास कामका लागि प्रयोग गर्न चाहन्छ, म उसलाई दिन सक्छु । पिसाबको एक वा दुई थोपाका लागि म २५ डलर लिन्छु।’

युवतीको यो अचम्म लाग्दो विज्ञापन सोसल मिडियामा भाइरल भएपछि उनका अगाडि पिसाब किन्ने मानिसको आइरो नै लाग्यो । युवतीको पिसाब किन्नेमा धेरैजसो अन्य युवती र महिला नै थिए । यस किसिमबाट उनले पिसाब बिक्री गरेर दैनिक २ सय डलर अर्थात् २२ हजार रुपैयाँ भन्दा बढी कमाएकी छन् ।

मिडियाका अनुसार उक्त युवतीले उक्त पिसाबबाट प्रेग्नेन्सी परीक्षण गर्थिन् र पोजेटिभ प्रेग्नेन्सी टेस्ट देखाएर पुरुषसँग पनि ब्ल्याकमेल गर्ने गर्थिन् । एक न्युज च्यानलले यो विषयका बारेमा पत्ता लगाउनका लागि स्टिङ अपरेसन गरेपछि यो विषयको खुलासा भएको हो । यो विषयमा समाचार सार्वजनिक भएपछि उक्त विज्ञापनलाई हटाइएको छ ।
एजेन्सी

सम्वन्धित समाचार

Leave a Comment