‘राष्ट्रपति भण्डारी आमा सरह हुन् टीका थाप्दा झूक्नु स्वभाविक रुपमा लिए’- नायिका करिष्मा !!

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्दा केही व्यक्तिले घुँडा टेकेको तस्वीरले यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ ।

सोहि फोटोलाई लिएर सामाजिक संजालमा बिभिन्न किसीमका टिकाटिप्पणी, आलोचना समेत भैरहेका छन् । शितलनिवासको ब्यवस्थापन फितलो, त्यो अवस्थामा राष्ट्रपति भण्डारीको शिर किन झुकेन ? लगायतका बिषयमा धेरै टिकाटिप्पणी गरेका छन् ।

उच्चपदस्थ व्यक्तिहरुले घुँडा टेकेको तस्वीर सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी शुरु भएको हो । यसैक्रममा नयाँ शक्ति पार्टीकी नेतृ एवं नायिका करिष्मा मानन्धरले सामाजिक संजालमा एक स्टाटस् लेख्दै आफ्नो धारणा राखेकी छिन् । उनले राष्ट्रपति आमा समान रहेको बताउँदै आमाको अगाडि झुक्नु स्वभाविक रहेको उल्लेख गरेकी छिन् ।

यस्तो छ मानन्धरको स्टाटस जस्ताकोतस्तै :

“रास्ट्रपति ज्युको टीका लगाइदिदै गरेको फोटो प्रति विभिन्न टिकाटिप्पनी देखेर केही भनुकी जस्तो लाग्यो। पुर्वाग्रहि भयेर लेख्दैछैन (कम्युनिजम,मार्क्सवदलाई एक्छिन साइडमा राखु मदन भण्डारीको बिचरलाई पनि एकछिन पर राखौ)

मानिसबाट या समुहबाट भयेको हरेक क्रियाकलाप कुनै बिचार अनुसार निर्देशित हुन्छ । टिकाको तयारी त्यो अनुसार भयेको देखिदैन । भनेपछि सायद वाहाहरु त्यो अफ्नो कायम बिचार बाट रूपान्तरित भैसकेको अवस्थाहो ।अनि रूपान्तर मानिस ,समाज,बिचार ,सबैको स्वभाव हो ।

तर जे बिचार राखे पनि देश र जनताको बिचरको सम्मान हुनुपर्यो , देशको विकास हुनुपर्यो । मेरो निजि बिचारमा चाहि रास्ट्रपतिज्यु देशको सर्वोच्च पदमा हुनुहुन्छ । त्यो अर्थमा आमा सरह हुनुहुन्छ र आमाको अगाडि टीका थाप्दा झूक्नु स्वभाविक रुपमा लिये । हो यो समाजवाद अनुसार ठिक भएन होला ।

तर मुलुकको चासो राख्ने नागरिकको हिसाबले के लाग्छ भने जबसम्म हाम्रो संस्कृति र विकसित बिज्ञानलाई समरुपमा अगाडि लैजान सकिदैन येस्तै स – साना संकिण बिचरहरुले येसैगरि हामिलाइ आफ्नो वस मा पारेर त्यस्मा व्यस्त पारिरहनेछ ।

तर मेरो आग्रह केहो भने पार्टी गत स्वार्थ बाट अलिकति माथी उठौ र सोचौ अनि जिज्ञासा् के भने प्रधानमन्त्रीज्यु येदि आफ्नो पार्टीको नेता भयेको कारण मात्रै एक महिला अनि रास्ट्रपतिज्युको अगाडि टीका थाप्न झूक्नु भयेको हो कि यो हजुरले चलाएको संस्कार सबै महिलाहरुको लागि समान हो । येस्ले निरंतरता पाउछ कि पाउदैन ?”

सम्वन्धित समाचार

Leave a Comment